News Portal

  • ३८ वर्षे युवा उम्मेदवार ढकाल भन्छन : पार्टीले न्याय गर्यो, मतदाताले पनि गर्नुहुन्छ

    भक्तपुर, २ मङ्सिर
    १४८२ पटक
    भक्तपुर, २ मङ्सिर

    भक्तपुरको उपनिर्वाचनमा युवा उम्मेदवार डीपी ढकाल नेकपाका तर्फबाट चुनावी मैदानमा छन् । काभ्रेको मण्डनदेउपुर जन्मस्थल भएपनि उनको कर्मस्थल भक्तपुरमा यतिबेला उनलाई चुनावी चटारो छ । उनको परिवार भक्तपुरको कमलविनायकमा बसाइ सरेको पनि वर्षौ भयो । त्यतिमात्र होइन, उनले धेरै वर्ष यहिँ जिल्लाको नेतृत्व तहमा रहेर राजनीति र विकास निर्माणको अनुभव समेत संगालेका छन् । त्यसैले पनि  पार्टीले दिएको उम्मेदवारीलाई अवसरमा बदल्न आफूले आफ्नो बलबुता लगाइरहेको उनी बताउछन ।

    बिहान उठेदेखि राती अबेर सम्म उनी भोट माग्न व्यस्त बनेका छन । उनीसंगै उनका लागि भोट माग्न उनका पार्टीका नेताकार्यकर्ता मात्र होइन, भक्तपुर बहुमुखी क्याम्पस र सानोठिमी क्याम्पसमा उनीसंगै पढेका र उनलाई नजिकबाट चिनेबुझेकाहरु पनि भोट मागिरहेका भेटिन्छन ।

    क्याम्पस पढ्दापढ्दैको ठिटो नेता बनिसकेको तब मात्र उनका साथीभाइलाई थाहाँ भयो जतिबेला २० वर्षे उमेरमै उनी जेल परे । २०३८ सालमा जन्मिएका ढकाल यतिबेला ३८ वर्षकै भएका छन् । ३८ वर्षकै उमेरमा प्रदेश सभा सदस्य पदका लागि उम्मेद्वारी पाउनु पनि चानचुने कुरा नभएको उनका शुभचिन्तकहरुको बुझाइ छ । नेता बन्न राजनीतिमा कपाल फुलाउनुपर्छ भन्ने भनाइलाई गलत सावित गर्दै ढकाल राजनीतिक क्षमता, बैचारीक दृढता र सामाजिक सक्रियताका कारण पार्टीको पहिलो रोजाइ बन्न सफल भएपछि उनका समकालीन साथीहरु समेत उत्साहित देखिन्छन ।

    आइतवार चाँगुनारायण नगरपालिका ३ मा ढकालको घरदैलो कार्यक्रम चलिरहेको थियो । ठूलो पार्टी नेकपाले युवा उमेरका ढकाललाई उम्मेद्वारी दिएको कुरा सुनेका मतदाता उनलाई हेर्न मात्र पनि बाटोसम्म आएका देखिन्थे । कतिपय मानिसहरु सानै उमेरमा ढकालले राजनीतिमा गरेको प्रगतीको तारीफ गरिरहेका थिए र यसले क्षमतावान मानिसलाई राजनीतिमा लाग्न प्रेरणा मिल्ने बताइरहेका थिए ।

    जेष्ठ नागरीकहरु बृद्ध भत्ता दिने पार्टीका उम्मेदवार भएको भन्दै बडो मायालु भावमा प्रस्तुत हुँदा पार्टी र जनाताका लागि यस्तै जनप्रिय कार्यक्रम ल्याउन प्रेरणा मिल्ने ढकालको प्रतिक्रिया छ । युवा देखि जेष्ठ नागरीकसम्ममा सकारात्मक प्रभाव रहेकोले आफ्नो जीत हुनेमा ढुक्क रहेको उनी बताउछन ।

    त्यतिमात्र होइन, उनलाई माया गरी उनको प्रचारप्रसारमा नेकपाका केन्द्रीय नेताहरु नै दिनहुँ जसो मतदाताको घरदैलोमै पुगेर मत मागिरहेका भेटिएका छन् ।

    आइतवार उनलाई भोट माग्न चाँगु ३ मा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश आइपुगेका थिए । प्रवक्ता श्रेष्ठले देशलाई समृद्ध बनाउन मात्र नभई देशको सीमा जोगाउन पनि नेकपा बाहेक अन्य कुनै दलले नसक्ने भएकोले आफ्नो पार्टीलाई भोट दिनुपर्ने जिकिर गरे । कालापानी बारे आफ्नो पार्टीको सरकारले एतिहासिक एकता कायम गर्न सफल भएजस्तै एतिहासिक रुपले सीमा सुरक्षा गरेर देखाउने उनको दावी थियो ।

    भक्तपुरको मुहार चम्किलो बनाउन नेता डीपी ढकाललाइ चुनाव जिताउन उनले अनुरोध गरे । ढकाल बौद्धिक व्यक्तित्व भएकोले उनलाई जिताउने पर्ने श्रेष्ठको जिकिर छ । उनीमात्र होइन, उनी अघि आएका पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता माधव नेपाल, पूर्व उपधानमन्त्री अवाम उपाध्यक्ष बामदेव गौतम, नेता नारायण दाहाल लगायतले पनि ढकालको बौद्धिकताको प्रसंशा गर्दै उनलाई बिजयी गराउन अनुरोध गरेका थिए ।

    केन्द्रीय नेताहरुले मन्त्री नै बनाइदिने भनेकाले पनि निर्वाचित भएपछि जनताको काम गर्ने थप अवसर प्रदान हुनेमा उनी आशाबादी रहेका छन् । गत आमनिर्वाचनमा पनि उनी यस प्रदेश क्षेत्रमा उम्मेदवार थिए तर उनी प्रचारप्रसारमा लागेनन । तत्कालिन एमाले उम्मेदवार हरिशरण लामिछानेलाई मैदान छोडिदिन उनको तत्कालिन माओबादी केन्द्रले आदेश दिएपछि उनी पछि हटेका थिए । तर उम्मेद्वारी फिर्ता लिने समय बितिसकेकोले उनको उम्मेद्वारी कायम रहँदा नचाहेरै पनि उनलाई ८ सय मत प्राप्त भएको थियो ।

    यस पटक पार्टी एकतापछि बनेको नेकपाले उनको गत आमनिर्वाचनमा खोसिएको टिकट दिएर न्याय गरेको उनको बुझाइ छ । ‘पार्टीले न्याय गर्यो, मतदाताले पनि गर्नुहुन्छ भन्ने विश्वास छ ।’ उनी भन्छन । आफूले युवा वर्गलाई स्वरोजगार बनाउने योजना अघि सार्ने बताउदै ढकालले विकाश निर्माणसंगै जनजीविकाको सवालमा दीर्घकालीन योजना र कार्यक्रम समेत आफ्नो प्राथमिकतामा पर्ने बताएका छन ।

    ढकाललाई साथ् दिन भक्तपुर नेकपा एकढिक्का रहेको भक्तपुरका नेकपा अध्यक्ष बचन देउजाको बुझाइ छ । इन्चार्ज दिलिप प्रजापति, पार्टी सह इन्चार्ज एवं चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, पूर्व मन्त्री समेत रहेका प्रभावशाली नेता एवं संघीय सांसद महेश बस्नेत लगायतका जनप्रतिनिधि एवं स्थानीय नेताहरु हरेक दिन निर्वाचन क्षेत्रमा डीपीलाई भोट मागिरहेका भेटिन्छन । सबैको यति धेरै साथ् डीपीको क्षमता, बौद्धिकता र इमान्दारीताकै उपज भएको उनलाई नजिकबाट चिन्नेहरू बताउछन । उनको दलबाट निर्वाचित सांसद हरिशरण लामिछानेको निधनपछि रिक्त यस क्षेत्रमा हुनगैरहेको निर्वाचनमा आफूले उनकै बिरासत थाम्ने बताइरहेका ढकाललाई मतदाताले कस्तो मूल्यांकन गरेका छन् त्यो बुझ्न भने मङ्सिर १४ नै पर्खनुपर्नेछ ।

    यो पनि पढ्नुहोस्  

    को हुन् भक्तपुरमा नेकपाका उम्मेदवार ढकाल

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...