News Portal

  • प्रधानमन्त्री ओलीले बस्नेतलाई मन्त्री बनाउने वचन बिर्सेका त छैनन ?

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, २ मङ्सिर
    ३२८१ पटक
    भक्तपुर, २ मङ्सिर

    राजनीति गर्नेहरुका लागि पदले बिशेष महत्व राख्दछ । पदले काम गर्न सहज हुने आम राजनीतिकर्मीको बुझाइ हुन्छ । कोही नेताहरु पद नपाउदा पनि काम गर्न सक्छन भने कोही पद पाएर पनि प्रभावकारी तरीकाले काम गर्न नसक्ने खालका पनि हुन्छन ।

    नेकपा नेतृत्वको सरकार यस्तै काम गर्न नसक्ने मन्त्रीका कारण आलोचित छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दुई तिहाईको सरकार प्रभावकारी तरीकाले काम गर्न नसक्ने केही मन्त्रीका कारण सुस्त बनेको र जनअपेक्षा अनुरुप काम हुन नसकेको नेकपाकै मानिसहरु गुनासो गर्दछन । कतिपय गुनासा आफ्ना निकटका नेता मन्त्री नबनेकोमा देखिएपनि सरकारको चालढाल हेर्दा उनीहरुको आरोपमा दम देखिन्छ ।

    प्रधानमन्त्री ओलीले नागरीकलाई सपना देखाइरहेका छन् । सुखी नेपाली र समृद्ध नेपाल बनाउने उनको अडान अथावत छ । तर, कामकुरा एकातिर भने झैँ उनका मन्त्रीहरु भने कुहिरोको काग झैँ अन्तै हराइरहेका छन् । मन्त्री हुनुको कर्मकाण्डी कुरा सिवाय अपवाद बाहेकका मन्त्रीले अरु केही गर्न सकेका छैनन् । उनीहरुले जनतालाई राहत दिने गरी कुनै नयाँ दृष्टिकोण, योजना र कार्यक्रम अघि सार्न सकेका छैनन् ।

    आफ्नो दुई वर्षे कार्यकाल ख्यालख्यालमै जान लागेको प्रधानमन्त्री ओलीले त्यति बेला थाहाँ पाए जतिबेला नेपालको भूभाग कालापानी नै भारतीय नक्सामा राखेर भारतले हेपाइको हद देखायो । अघिल्लो कार्यकालमा राष्ट्रवादी छवी बनाएका प्रधानमन्त्री ओलीलाई यसले बिचलित बनाएको कुरा उनले आफ्ना सचिवालयका सबैको राजिनामा मागबाट पनि प्रष्ट हुन्छ ।

    उनले कालापानीमा भारतले के गर्दैछ भन्ने जानकारि नपाउनु भनेको उनी गुमराह हुनुकै नतिजा हुनुपर्छ । जतिबेला उनले चाल पाए त्यतिबेलादेखि उनले प्रमुख राजनीतिक दलहरुसहितको भेला डाकेर उक्त विषयमा राष्ट्रिय एकता कायम गर्न सफल भएको र भारतलाई सेना फिर्ता लैजान भनिरहेको समाचारहरुले संचारमाध्यममा प्रमुखता पाइरहेका छन् ।

    प्रधानमन्त्री ओलीमा देशप्रेम र विकासको दृढ इच्छाशक्ति देखिएपनि उनको स्पिरिटलाई पक्रेर मन्त्रीपरिषदले काम गर्न सकेको देखिदैन । त्यसैले पनि पछिल्लो समय आफ्नो मन्त्रीमण्डल फेर्ने कसरतमा रहेका छन् उनी । नेकपा भित्रको पछिल्लो समीकरण अनुसार अर्का पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदमा आशक्ति नदेखाएपछि ओली आफ्ना सुस्त मन्त्रीहरु फेरेर उर्जावान र क्षमतावान सांसदहरुलाई नयाँ मन्त्रीको रुपमा भित्राएर नयाँ संदेश दिने तयारीमा जुटेका उनी निकट श्रोतले जनाएको छ ।

    मन्त्री राख्ने र हटाउने स्वविवेकी अधिकार प्रधानमन्त्रीलाई प्राप्त छ । तर उनको तजविजिमा यो निर्णय हुदैन । उनले यो विषयमा पार्टी सचिवालयमा प्रस्ताव गरिसकेका छन् । केहि दिन भित्रै मन्त्रीमा नयाँ अनुहार भित्रिने एक सचिवालय सदस्यले जानकारी गराए । तर, नामका बारे उनले केही बताउन चाहेनन् । ‘केही अनुभवी र नतिजा निकाल्न सक्नेलाई ल्याउनुपर्यो भनेर प्रधानमन्त्रीले भन्नुभएको मात्र हो ।’ उनले भने ।

    नयाँ मन्त्री बन्ने हल्लासंगै को को मन्त्री बन्ने भन्ने चर्चाले बजार तताएको छ । एक दर्जन सम्भावित नामहरुमा भक्तपुरका निर्वाचित सांसद महेश बस्नेत पनि मन्त्री बन्ने बताइएको छ । बस्नेत सांसद नरहदै उद्योग मन्त्री भएका कारण अहिले उनको चर्चा चलेको भने होइन । प्रम ओलीले चुनावी कार्यक्रममा बस्नेतलाई मन्त्री बनाइदिने भन्दै सार्वजनिकरुपमै बचन दिएका थिए । आफ्नो बचनमा पक्का ओलीले मन्त्री नबनाएपछि कतिपयले सांसद बस्नेत र प्रधानमन्त्री ओलीबीच सम्बन्ध बिग्रिएको संकेतका रुपमा पनि बुझे ।

    तर, श्रोतका अनुसार आलोपालोको सहमति गरेका ओलीले बस्नेतलाई प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा पावरफुल मन्त्रालय दिने भन्दै उनको बदला अर्का सांसद गोकुल बाँस्कोटालाई मन्त्री बनाइदिएका थिए । यतिबेला प्रचण्डले आफू पार्टीकै नेतृत्वमा रहने भनेपछि मन्त्रीहरु फेरिन लागेको र सांसद बस्नेतलाई भौतिक योजना मन्त्रालयको जिम्मेवारी दिइन लागेको श्रोतको दावी छ ।

    प्रधानमन्त्री ओलीको विस्वासपात्रका रुपमा रहेका सांसद बस्नेतको राजनीतिक उचाइ ओलीले नै बढाईदिएका हुन् । युवा संघमा उनलाई स्थापित गरेर नेता बनाउने देखि टिकट दिएर सांसद बनाउनेसम्ममा ओलीकै हात छ । त्यतिमात्र होइन चुनावी सभामा भक्तपुरवासीले निर्वाचित गराए आफूले महेश बस्नेतलाई मन्त्री  बनाइदिने उनले बचन दिएका थिए । जुनकारण नेपाली काँग्रेसका हेभी वेट उम्मेदवार दमननाथ ढुंगानालाई सजिलै पराजित गरी बस्नेतले बाजी मारे ।

    भनिन्छ, नेताहरु चुनावको बेलामा बचन धेरै दिन्छन तर पुरा गर्दैनन । प्रधानमन्त्री ओलीले चुनावका बेला बस्नेतलाई जिताए मन्त्री बनाइदिने भन्दै दिएको बचन पुरा गर्छन कि गर्दैनन ? त्यो केही दिनमै थाँहा हुनेछ । भक्तपुरमा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा प्रदेश सभाको चुनाव हुदैछ । नेकपाले आफ्ना उम्मेदवार डीपी ढकाललाई प्रदेश मन्त्री बनाउने उपाध्यक्ष बामदेव गौतम लगायतले बताएका छन् । २ वर्ष अघि भक्तपुरबासीलाई दिएको बचन पुरा नभएको अवस्थामा तत्काल त्यो कुरा पत्याइहाल्ने अवस्था भने छैन । अब हेरौँ नयाँ मन्त्रीको अनुहारमा भक्तपुरले यो पटक आफ्नो जनप्रतिनिधिलाई पाउछ कि पाउदैन । हेरौँ, प्रधानमन्त्री ओली आफैले आफ्नो गृह जिल्लाका बासिन्दालाई दिएको बचन पूरा गर्छन कि गर्दैनन ।

    यो पनि

    प्रधानमन्त्री केपी ओलीले छाडे बस्नेतको हात : यस्ता छन मन्त्री बन्ने अनुहार

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...