News Portal

  • भैरव स्मृति सम्मान द्वारा हास्यव्यङ्ग्यकार माणिकरत्न शाक्य सम्मानित

    मकवानपुर, ७ मङ्सिर
    ९७७ पटक
    मकवानपुर, ७ मङ्सिर

    भैरव स्मृति सम्मान २०७५ द्वारा हास्यव्यङ्ग्यकार माणिकरत्न शाक्य सम्मानित भएका छन् । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरकाे संयुक्त आयोजनामा भैरव स्मृति सम्मान २०७५ हास्यव्यङ्ग्यकार माणिकरत्न शाक्य लाई प्रदान गरिएको छ ।

    ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा आयोजित एक समारोह बीच प्रमुख अतिथि गोविन्दराज विनोदीले शनिवार हास्यव्यङ्ग्यकार शाक्यलाई एक्काईस हजार एक सय एघार रुपैयाँ राशि सहितको सम्मान पत्रले सम्मानित गरेका छन् ।

    उक्त कार्यक्रममा आर सी रिजाल र राजकुमार लामिछानेले संयुक्त रूपमा प्रस्तुत गर्नुभएको हास्यव्यङ्ग्य प्रहसनलाई दर्शकहरूले निकै रुचाएका थिए । समारोहमा डम्बर घिमिरे,माधव भण्डारी, सानुभाइ विश्वकर्मा, चिरञ्जीवी लामिछाने, मीनप्रसाद लामिछाने लगायतका कविहरूले समसामयिक विषयका हास्यव्यङ्ग्य कविता प्रस्तुत गरेका थिए । कार्यक्रम डा.गणेश कुमार पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...