गय रति त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।
विमानस्थल भन्सारको नियमित जाँचमा आठ किलो अवैध सुन फेला परेपछि उनीहरु पाक्राउमा परेका हुन् । नेपाल एयरलायन्सको विमानमार्फत उनीहरु बिहीबार राति हङकङबाट नेपाल आएका थिए ।
विमानस्थल भन्सार कार्यालयका प्रवक्ता राजकुमार अधिकारीले जानकारी दिए अनुसार दुई जनाले चार/चार किलो सुन लिएर आएका थिए । दुवैजनाले चेन लगाउन मिल्ने अण्डरवेयरमा चार/चार वटा सुनको बिस्कुट लुकाएर ल्याएको अधिकारीले बताए ।
प्रहरीको पक्राउमा पर्ने चिनियाँ नागरिक चेन होङयाङ र चेन क्वीनहाङ रहेका छन्। उनीहरुले नेपालमा कसका लागि सुन ल्याउँदै थिए भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुसँग आज दोभाषेको सहयोगमा थप बयान लिइने अधिकारीले बताए ।