News Portal

  • ट्रम्प किन बेलाबेला उडन्ते काम गर्छन, आफै ट्वीट गरे यस्तो फेक पोस्ट

    भक्तपुर, १३ मङ्सिर
    १२३० पटक
    भक्तपुर, १३ मङ्सिर

    अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प मिडियामा फेक न्यूजका बारेमा निकै आक्रामक रुपमा प्रस्तुत हुन्छन् । तर उनी आफै भने बेलबेला फेक फोटोहरु र न्यूज पोस्ट गरिरहन्छन् । उनी बेलबेला फेक सूचनाहरु दिएर विवादित पनि बनिरहन्छन । जसले गर्दा उनको कमजोर उडन्ते व्यक्तित्वमाथि धेरैले आलोचना गर्छन् ।

    पछिल्लो समय ट्रम्पले बुधबार आफ्नो ट्विटरमा एक त्यस्तै तस्विर राखेर विवादमा आएका छन् । उक्त फोटो फेक फोटो हो । कसैले रकी फिल्मका नायक सिल्भेष्टर स्ट्यालनको शरिरमा ट्रम्पको टाउको जोडेर बनाएको यो फोटो ट्रम्पले किन राखे भन्ने धेरैले चासो राखेका छन् । बक्सरको पञ्जासहित बेल्ट बाँधेर अर्धनग्न अवस्थामा देखिएका ट्रम्पले यो पक्कै पनि अरुसँग लड्न तयार छु भन्न खोजेजस्तो बुझिन्छ । तर राष्ट्रपतिजस्तो व्यक्तिले यसरी सामान्य लडाकु जस्तो व्यवहार गर्नु पक्कै पनि राम्रो मानिदैन ।

    शक्ति राष्ट्र अमेरिका र चीनबीच व्यापार युद्ध चलेको एक वर्षभन्दा बढी भइसक्यो। यी दुई ठूला अर्थतन्त्रको लडाइँले विश्व अर्थव्यवस्था नै प्रभावित भएको छ। बुधबारदेखि अमेरिका-चीन सम्बन्धमा नयाँ तनाव थपिएको छ।

    हङकङका प्रदर्शनकारीका पक्षमा अमेरिकी सदनले पारित गरेका दुई विधेयकमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका छन्। पहिलो विधेयकले हङकङमा मानव अधिकार उल्लंघन गर्नेलाई प्रतिबन्ध लगाउने र दोस्रो विधेयकले हङकङमा केही हातहतियार निर्यात गर्न प्रतिबन्ध लगाउनेछ।

    ‘मैले राष्ट्रपति सी चिनफिङ र हङकङका जनताका लागि यो हस्ताक्षर गरेको हो,’ ट्रम्पले भनेका छन्। ट्रम्पले हस्ताक्षर गर्नुअघि दुबै सदनले यी विधेयक सर्वसम्मतिले पारित गरेका थिए।

    अमेरिकाको यो कदमप्रति चीनले गम्भीर आपत्ति जनाएको छ। कुत्सित मनसायले आएको यी विधेयकको नतिजा राम्रो नहुने चीनको चेतावनी छ।

    चिनियाँ विदेश मन्त्रालयले बिहीबार बेइजिङमा रहेका अमेरिकी राजदूत टेरी ब्रानस्टाडलाई बोलाएर विरोध जनाएको छ। राजदूतमार्फत् चीनले महत्वपूर्ण क्षेत्रहरूको सहकार्य र द्वीपक्षीय सम्बन्धलाई खत्तम हुनबाट जोगाउन उक्त विधेयक कार्यान्वयन नगर्न भनेको छ।

    विश्लेषकहरूले भने अमेरिकी यो कदमको चीनले उग्र भएर प्रतिरोध गर्न नहुने बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...