News Portal

  • भिजिट नेपालको उत्कृष्ट गीतलाई पुरस्कृत गरिने

    भक्तपुर, १९ मङ्सिर
    १२२४ पटक
    भक्तपुर, १९ मङ्सिर

    भिजिट नेपाल २०२० लाई सफल पार्न सरकारले भिजिट नेपालको गीत रचना गर्न आह्वान गरेको छ । भिजिट नेपाल सचिवालयले १० दिने सूचना प्रकाशन गरी जानकारी दिएको हो ।

    गीत-संगीतको माध्यमबाट नेपालमा रहेका पर्यटकीयस्थलको प्रचारप्रसार गर्दा बढी प्रभावकारी हुने भएकोले सचिवालयले सार्वजनिक आहृवान गरेको जनाएको छ । सचिवालयको जानकारी अनुसार गीतमा प्रयोग हुने शब्दहरुले नेपालको बहुपक्षीय सुन्दरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्यता झल्काउने हुनुपर्छ ।

    भिजिट नेपालको लागि तयार पारिएका गीत सचिवालयको केशरमहलस्थित कार्यालयमा वा इमेलमार्फत १० दिनभित्र पठाउन सकिन्छ । १० दिनभित्र प्राप्त गीतहरु छनोट गरी उत्कृष्ट गीतलाई उपयुक्त पुरस्कार दिने सचिवालयले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको...

    जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास...

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ...