News Portal

  • ३४ वर्षीया युवती बनिन् फिनल्याण्डको प्रधानमन्त्री

    भक्तपुर, २४ मङ्सिर
    ११८६ पटक
    भक्तपुर, २४ मङ्सिर

    नेपालका राजनीतिक दलका नेतृत्व राज्य सरकारको नेतृत्वमा पुग्दा केश पुलिसक्ने भन्दै बहस, चर्चा चलिरहेका बेला फिनल्याण्डमा भने ३४ वर्षीया महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् ।प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन् । मरिन यसअघि यातायात मन्त्री थिइन् ।

    पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन् । रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन् । ‘हामीले विश्वासलाई पुनर्जीवित गर्न धेरै काम गर्नु पर्नेछ’, सानाले भनिन्, ‘त्यसमा म दृढ भएर लाग्नेछु ।’उनी २७ वर्षकै उमेरमा फिनल्यान्डको औधोगिक शहर टेम्पुरीको सिटी काउन्सी प्रमुख बनेकी थिइन् । फिनल्यान्डको औधोगिक क्षेत्रमा हड्ताल भइरहेको छ । त्यसकै कारण यस अघिका प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । यही अवस्थामा उनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लागेकी हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...