News Portal

  • अब नासाले खोल्ने भए अन्तरिक्षमा होटेल

    भक्तपुर, ३ पुस
    ८२८ पटक
    भक्तपुर, ३ पुस

    विश्वोको विभिन्न ठाउँमा यात्रुका लागि होटेल भए सरि अन्तरिक्षमा पनि होटेलको सुविधा हुने भएको छ।

    अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षमा होटल बनाउने निर्णय गरेको हो । तर,अचम्म कुरा के छ भने यो होटल मानिसका लागि नभई रोबोटका लागि हुनेछ। त्यसैले होटेलको नाम नै ‘रोबोट होटल’ राखिएको छ।

    नासाले आफ्नो अबको योजनामा रोबोट होटल पनि सामेल गर्ने भएको छ। यसलाई अन्तर्राष्ट्रिय रोबोट स्टेसनबाहिर राखिनेछ र यो रोबोट उपकरणका लागि एक सुरक्षित एकाइ हुनेछ।

    यो होटलमा स्पेक्ट्रोमिटरको आउटफिट राखिनेछ, जसमा एमोनियाजस्तो ग्यास सुँघ्ने क्षमता पनि हुनेछ। यस्ता उपकरणको माध्यमले स्टेसनमा हुने लिक पत्ता लाग्नेछ।

    उपग्रहको मर्मत गर्न रोबोट

    अन्तरिक्षमा टुटेफुटेका उपग्रहको मर्मत गर्न मानिसलाई पठाउनु धेरै खर्चिलो हुन्छ। हालै रोबोटिक उपग्रहमा काम गर्ने अनुसन्धानकर्ताले रोबोट अपग्रहसम्म जान सक्ने र यसको मर्मत गर्नुका साथै यसमा इन्धन पनि भर्न सकिने बताएका छन्।

    अमेरिकाको सिनसिनाटी विश्वविद्यालयका प्राध्यापक ओउ माले भनेका छन्, ‘ठूला उपग्रह महँगा हुन्छन् र इन्धन सकिनेबित्तिकै काम गर्न बन्द गर्छन्। मानिसलाई त्यहाँ पठाएर उपग्रहको मर्मत गर्नु धेरै खर्चिलो काम हो। यस्तो अवस्थामा रोबोट सबैभन्दा उपयोगी साबित हुनेछ। यसले सजिलै उपग्रहको मर्मत गर्न पनि सक्छ।’

    आफ्नो प्रयोशालामा ओउ मा र सिनसिनाटी विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता अनुस सथयानले रोबोटिक नेटवर्क विकास गरिरहेका छन्। नयाँ अध्ययनको रिपोर्टअनुसार रोबोटको एक समूहलाई यस कार्यको परीक्षणका लागि राखिएको छ। जर्नल रोबोटिकमा प्रकाशित निष्कर्षले पाँच रोबोटको उपयोग गरेर सामूहिक कार्य सजिलै पूरा गर्न सकिने जनाइएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...