News Portal

  • ट्विटरमा फलो गर्ने नेपालीलाई पुरस्कार: चिनियाँ राजदूत होउ यान्छी

    भक्तपुर, ८ पुस
    १४३६ पटक
    भक्तपुर, ८ पुस

    चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमा आफूलाई फलो गर्ने नेपालीलाई पुरस्कार घोषणा गरेकी छिन् । पुरस्कृत हुन यान्छीलाई ‘फलो’ गरेर मात्रै नपुग्दैने जानकारी उनको ट्विटमा छ ।

    उनले ट्विटरमा हालेको पोस्टलाई रि–ट्विट, कमेन्ट र एक जना साथीलाई ट्यागसमेत गर्नुपर्नेबताएकी छिन् । २६ डिसेम्बर मध्यान्ह १२ बजेसम्म आफूलाई फलो, रि–ट्वीट, कमेन्ट र ट्याग गर्नेमध्ये पाँच जनालाई पुरस्कार दिइने यान्छीले ट्वीटरमार्फत जानकारी दिई ।

    २७ डिसेम्बरबाट काठमाडौंमा सुरु हुने चिनियाँ चलचित्र महोत्सवसुरु हुँदै छ । सो महोत्सवलाई लक्षित गर्दै राजदूत यान्छीले यस्तो प्रतियोगिताको घोषणा गरेकी हुन् । उनले पुरस्कृतलाई महोत्सवकै दुई वटा टिकट उपलब्ध गराउने जनाएकी छिन् ।

    गत जुनदेखि ट्वीटर एकाउन्ट सञ्चालन गरेकी यान्छीले २९ जनालाई फलो गरेकी छन् । त्यसमध्ये नेपालका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रमुख विपक्षी दलका नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल गरी पाँच नेपालीलाई फलो गरेकी छन् ।

    यान्छीको पिआरसिएएमबी नेपाल ह्याण्डलको फलोअर संख्या ९ हजार ८ सय भन्दा बढी छ । चीनमा भने ट्वीटर, फेसबुक, गुगल, इन्स्टाग्राम लगायतका सञ्जाल प्रतिबन्धित छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...