News Portal

  • भक्तपुर सम्वन्धी विशेष गीतसंगै गायक कसपालको एकल एल्बम समेत शनिवार सार्वजनिक गरिने

    इभक्तपुर संवाददाता
    २५२१ पटक

    भक्तपुर सम्वन्धी बहुप्रतिक्षित विशेष गीत शनिवार सार्वजनिक हुने भएको छ । उक्त गीतको अडियो भिडियो निर्माण सम्पन्न भैसकेकोले शनिवार सार्वजनिक हुने भएको हो ।

    सांगीतिक संस्था रागरागिनी इन्टरटेनमेन्टको आयोजनामा उक्त विशेष गीतको शनिवार लोकार्पण कार्यक्रम राखिएको आयोजक सस्थाका अध्यक्ष समेत रहेका गायक कपिल कसपालले जानकारी गराए । गायक कसपालले जनाए अनुसार भक्तपुर विशेष गीतको साथै उनको एकल एल्बम ‘महसुस अ रिअलाइजेशनको पनि उक्त अवसरमा लोकार्पण गरिने कार्यक्रम रहेको छ । कार्यक्रम शनिवार विहान १०:३० बजेबाट सूर्यविनायकस्थित योयो बैंक्वेटमा संचालन हुने तालिका तय गरिएको गायक कसपालको भनाइ छ ।

    वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा संचालन हुने भक्तपुर विशेष गीत र एकल गीती एल्बम लोकार्पण कार्यक्रममा इतिहासबिद तेजेस्वर बाबु ग्वङ,वरिष्ठ संगीतकार दिपक जंगम ,वरिष्ठ गायक दिपक खरेल, लगायत गीत संगीतका श्रष्ठा र पारखीहरुको बाक्लो उपस्थिति रहने बताइएको छ । भक्तपुरका चारै नगरपालिकाका मेयर र उपमेयरका साथै बिभिन्न कार्यालयका प्रमुखहरु पनि कार्यक्रममा निम्त्याइएका छन् ।

    भक्तपुर सम्बन्धी विशेष गीतलाई बिश्वभरीका पर्यटन बजारमा पठाउन सकियोस र पर्यटकलाई सजिलै भक्तपुरप्रती आकर्षित गर्न सकियोस भन्ने उदेश्यले गीतको भिडियोमा शब्दलाई अंग्रेज़ीमा स्क्रोल्लिंग गरेर देखाइने व्यवस्था मिलाइएको उनको भनाइ छ । करिब पाँच मिनेटको गीतमा भक्तपुरका सम्पुर्ण कला,भाषा ,साहित्य ,परम्परा ,रितिरिवाज र बस्तुस्थितिको चित्र उतार्ने प्रयत्न गरिएको गायक कसपालले जानकारी गराए ।

    उक्त गीतलाई चर्चित व्यंग्यकार चट्याङ मास्टर (कृष्ण मुरारी गौतम ) ले लेखेका हुन् भने बिबि अनुरागीले संगीत भरेका छन् । गीतको अडियो ब्य्वस्थापन पत्रकार तथा साहित्यकार जितेन्द्र रसिकले गरेका बताइएको छ ।भक्तपुर बिशेष गीतको निर्देशन चर्चित निर्देशक गम्भीर बिष्टले गरेका छन् । गीतमा ५ दर्जन भन्दा बढी नृत्य कलाकारहरुलाई नचाइएको छ भने भक्तपुरका सम्पुर्ण भेषभुषा ,परम्परा ,रितिरिवाज लाई एउटै फ्रेम भित्र अटाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    स्पा सेन्टरका संचालक पौडेल पक्राउ

    रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका...

    भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी बनाउँदैछ थन्थु दरवार

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डको नेत्रित्वामा आएको एक टोलीले भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको...

    भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

    भक्तपुरमै केन्द्रबिन्दु गरी भूकम्प गएको छ । भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर मंगलवार राति करिब...

    गीत संगीतले संदेश दिन सक्नुपर्छ : सुनिल प्रजापति

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गीत संगीतले समाजलाई संदेश दिन सक्नुपर्ने प्रष्ट पारेका छन् ।...

    अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने...