News Portal

  • इराकबाट अमेरिकी सेना फिर्ता नहुने

    भक्तपुरपोष्ट संवाददाता२२ पुस
    ७६५ पटक
    २२ पुस

    इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन्।एकजना अमेरिकी सैन्य जेनेरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् उनले इराकबाट अहिलै फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेका हुन्।

    ती अमेरिकी सैन्य जेनेरलले लेखेको पत्रमा अमेरिकाले “आगामी दिन र साताहरूमा फौजलाई स्थानान्तरण गर्ने” उल्लेख गरिएको थियो।इराकी संसद्ले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी सङ्कल्प प्रस्ताव पारित गरेपछि उक्त पत्र लेखिएको थियो।

    अमेरिकी रक्षामन्त्रीले चाहिँ उक्त पत्र “अहिले अमेरिकाले राखिरहेको अडानसँग नमिल्ने” बताए।

    पत्रको भाषा
    अमेरिकी सेनाका एकजना वरिष्ठ सैन्य अधिकारीले पनि उक्त पत्रको “भाषा नमिलेको र गल्तीले पठाइएको” बताएका छन्। इराकमा इरानी सैन्य जेनेरल कासिम सुलेमानीको हत्यापश्चात् अमेरिकी सेनामाथि बढेको खतराबीच यस्तो अन्योल सिर्जना भएको हो।

    राष्ट्रपति ट्रम्पको आदेशमा गत शुक्रवार सुलेमानी मारिएका थिए।उक्त घटनापश्चात् मध्यपूर्व क्षेत्रमा तनाव बढेको छ।

    ट्रम्पको चेतावनी
    इरानले आफ्ना सैन्य जेनेरलको हत्याको बदला लिने बताएको छ।इराकको संसद्ले पारित गरेको संकल्प प्रस्ताव त्यहाँको सरकारका लागि बाध्यकारी भने हुँदैन।तर इराकी प्रधानमन्त्रीले आफू पनि अमेरिकी सेना फिर्ता हुनुपर्ने पक्षमा रहेको बताइसकेका छन्।

    राष्ट्रपति ट्रम्पले चाहिँ इराकबाट आफ्नो सेना फिर्ता गर्नुपरेमा इराकमाथि कडा प्रतिबन्धहरू लगाउने बताएका छन्।

    विविसी नेपालीबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...