News Portal

  • इरानका नेपालीलाई उद्दार गर्न ‘एक्टिभ’ टोलीको गठन गरिंदै

    भक्तपुर, २२ पुस
    ६०४ पटक
    भक्तपुर, २२ पुस

    सरकार इरानमा रहेका नेपालीहरुको विषयलाई लियर चिन्तित बनेका छन् । केहि सातायता इरान र अमेरिकाबीच तनाव चुलिँदै गएपछि मध्यपूर्वमा रहेका नेपालीको अवस्थबारे सरकारले चासो देखाएको हो ।

    मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारले इराकमा रहेका नेपालीलाई उद्धारको तयारी गरेको जनाएको छ । सोहि सम्मेलनमार्फत इराकमा रहेका नेपालीलाई ‘रेस्क्यु’ गर्ने योजना बनाइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताएका छन्।

    उनका अनुसार परराष्ट्र मन्त्रालयको अगुवाइमा ‘एक्टिभ’ टोली बनाउने र पलपलको खबर राख्ने योजना सरकारले बनाएको छ।

    यता, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले इराकमा रहेका नेपालीको तथ्यांक संकलन कार्य भइरहेको बताएका छन्। सरकारले नेपाली नागरिकलाई इराक जान प्रतिबन्ध लगाएको छ। इराकमा अवैध तरिकाले नेपाली पुग्ने गरेका छन्।

    अवैध तरिकाले नेपाली इराक जाने गरेकाले यसबारेमा सरकारसँग एकिन तथ्यांक छैन। ‘इराकमा कति व्यक्ति छन्, परराष्ट्र मन्त्रालयमार्फत डाटा संकलन हुँदैछ’ उनले भने ‘ दुई मन्त्रालयबीच अस्तिमात्रै छलफल भएको थियो, स्टाटस लिने काम हुदैछ।’ परराष्ट्रसँग ‘कनेडिनेसन’ गरेर इराकमा रहेका नेपाली नागरिकलाई सुरक्षित राख्न केन्द्रित भएको बताए।

    यसअघि दुई शक्ति राष्ट्रबीचको तनाव युद्धको अवस्थामा पुगेपछि परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे सम्पूर्ण जानकारी लिन त्यहाँस्थित राजदूतावासलाई निर्देशन दिएको थियो। परराष्ट्र प्रवक्ता भरतराज पौड्यालका अनुसार इरान र इराकसहित सबै मध्यपूर्वी तथा खाडी मुलुकमा रहेका नेपालीको अवस्थाबारे यथोचित जानकारी बटुल्न राजदूतावासलाई निर्देशन दिइएको छ।

    पौड्यालले दूतावास नभएका मुलुक हेर्ने निकायलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क रहन पनि भनिएको जानकारी दिए। आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवसहितको बैठक पनि बसेको थियो। उक्त बैठकले खाडीका सबै राजदूतावासलाई त्यहाँस्थित सबै नेपालीसँग नजिकबाट सम्पर्कमा रहन भनेको छ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज...

    भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न माओवादी केन्द्रका उपमहासचिव पुनको निर्देशन

    पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले भक्तपुरमा प्रतिपक्षीको भूमिका...

    सञ्चारकर्मी एवं साहित्यकार आशुतोषको अमेरिकामा ब्रेकफास्ट गरौंला सार्वजनिक (भिडियोसहित)

    भक्तपुरका सञ्चारकर्मी एवं सुपरिचित साहित्यकार रामगोपाल आशुतोषको शब्दमा उनिएको ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’ बोलको गीतमा म्युजिक...

    सल्लाघारीमा मौलिक नेवारी स्वादको नेवा: ननी शुरु

    भक्तपुरमा मौलिक नेवारी खाजा र खानाको स्वाद पस्कने नेवाः ननी शुभारम्भ भएको छ । भक्तपुर...

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...