News Portal

  • राष्ट्रपति ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत

    भक्तपुरपोष्ट संवाददाता२६ पुस
    ११०७ पटक
    २६ पुस

    काठमाडौं  । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पसँग भएको इरानसित युद्ध शुरु गर्ने अधिकार सीमित पारिदिने प्रतिकात्मक प्रस्ताव स्वीकृत गरेको छ । डेमोक्रयाटिक पार्टीको बहुमत भएको संसद्‌मा यो प्रस्ताव २२४–१९४ मतले पारित भएको हो । रिपब्लिकन पार्टीको बहुमत भएको माथिल्लो सदनमा मतदान हुन बाँकी छ ।

    यो प्रस्तावका अनुसार अमेरिकाविरुद्ध आक्रमण भएको खण्डमा बाहेक इरानसित हुने सबै द्वन्द्वबारे निर्णय गर्दा कङग्रेसको अनुमोदन आवश्यक हुनेछ । तर अहिले न त अमेरिकाले न त इरानले नै थप सैन्य कारबाहीको योजना घोषणा गरेका छन् ।

    गत हप्ता अमेरिकाले बग्दादमा ड्रोन आक्रमण गरेर एक वरिष्ठ इरानी सैन्य नेतालाई मारिदिएपछि केही दिनअघि इरानले इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको थियो । तर इरानी आक्रमणमा कोही हताहत भएनन् ।बिहीवार तल्लो सदनले गरेको निर्णयले कङग्रेसले स्वीकृति नदिएसम्म राष्ट्रपति ट्रम्पलाई इरानविरुद्ध अमेरिकी सेना प्रयोग नगर्न निर्देशन दिएको छ । तर अमेरिकाविरुद्ध आसन्न सशस्त्र आक्रमणको प्रतिकार गर्न छुट दिइएको छ ।

    दुवै सदनमा प्रस्तुत यो प्रस्तावमा राष्ट्रपतिको हस्ताक्षर चाहिँदैन र कङ्ग्रेसबाट पारित भए पनि उक्त प्रस्तावविरुद्ध ट्रम्पले राष्ट्रपतीय विशेषाधिकार प्रयोग गर्नेछैनन् ।प्रस्तावमा सन् १९३७ मा जारी युद्धसम्बन्धी कानुन उद्धृत गरिएको बीबीसीले उल्लेख गरेको छ ।बिहीवार तल्लो सदनकी सभामुख तथा विपक्षी नेत्री न्यान्सी पेलोसीले आफूलाई ट्रम्पले गत हप्ता इरानी सैन्य नेता कासिम सुलेमानीको ज्यान जानेगरी ड्रोन आक्रमण गराएर राष्ट्रपतिले ट्रम्पले अमेरिकालाई सुरक्षित बनाएको भनेर विश्वास नलागेको बताएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...