News Portal

  • सुलेमानीलाई कारबाही गर्नुअघि चारवटा अमेरिकी दूतावास इरानी निसानामा भएको ट्रम्पको दाबी

    भक्तपुरपोष्ट संवाददाता२६ पुस
    १०७२ पटक
    २६ पुस

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकाका चारवटा दूतावासमा आक्रमण गर्ने योजना बनाएकाले उसका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीलाई मारिएको दाबी गरेका छन्।कस्तो किसिमको खतरा भएकाले अमेरिकाले गत हप्ता ड्रोन आक्रमण गरेको थियो भन्ने प्रश्नमा उनले फक्स न्यूजलाई अमेरिकाका चारवटा दूतावास आक्रमणको जोखिममा भएको आफूलाई लागेको बताए।

    बग्दादस्थित अमेरिकी दूतावासबाहिर केही दिन प्रदर्शन भएपछि इरानी विशेष सैन्य बल कूड्स फोर्सका प्रमुख सुलेमानीविरुद्ध अमेरिकाले कारबाही गरेको थियो। तर सुलेमानीको हत्या हुनेगरी गरिएको आक्रमणबारे गुप्तचर निकायले गरेका ब्रीफिङहरूका आधारमा अमेरिकी दूतावासविरुद्ध त्यस्तो कुनै षड्यन्त्र भएको प्रमाण नदेखिएको विपक्षी डेमक्र्याटिक दलका सांसदहरूले बताएका छन्।

    ट्रम्पले अमेरिकी दूतावासहरूमा आक्रमणको जोखिम भएको दाबी पहिलोचोटि बिहीवार ह्वाइट हाउसमा गरेका थिए। उनले त्यही कुरा ओहायो राज्यमा आयोजित एउटा कार्यक्रममा दोहोर्‍याए।

    पोम्पेओको पनि उस्तै दाबी

    ट्रम्पको भनाइलाई विदेशमन्त्री माइक पोम्पेओले समर्थन गरे।”अमेरिकी दूतावासहरूमा आक्रमण समेत आसन्न जोखिमबारे हामीसँग विशेष सूचना थियो। कुरा सकियो,” इरानविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गर्दै उनले भने।इरानका सर्वोच्च नेता आयतूला अली खामनेईसँग निकट सम्बन्ध भएका ६२ वर्षीय सुलेमानीको नेतृत्वमा इरानले मध्यपूर्वमा आफ्नो सैन्य गतिविधि सञ्चालन गरेको थियो।

    उनलाई सिरिया सरकारले विद्रोहीसँग गरिरहेको युद्धका एक प्रमुख योजनाकार मानिन्थ्यो। इराकमा इरानलाई समर्थन गर्ने अर्धसैनिक समूहहरूको विस्तारमा पनि उनको भूमिका थियो। ट्रम्प र पोम्पेओले सुलेमानी हजारौँ जनाको हत्याका लागि जिम्मेवार भएको बताएका छन्।

    अमेरिकी सेनाले यमनमा बस्ने एक महत्त्वपूर्ण इरानी कमान्डर र अर्थदाता अब्दुल रेजा शाहलाईलाई ज्यानुअरी ३ निसाना बनाएको अमेरिकी सञ्चारमाध्यमहरूले शुक्रवार लेखेका छन्।

    तर उक्त गुप्त अभियानमा ती व्यक्तिको ज्यान नगएको विवरण नाम उल्लेख नगरिएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित भएको छ। यमनमा गरिएको कारबाहीबारे अमेरिकाले औपचारिक रूपमा कुनै सार्वजनिक टिप्पणी गरेको छैन।

    अहिलेसम्म ट्रम्पले के भने ?

    ह्वाइट हाउसमा आयोजित पर्यावरणसम्बन्धी एउटा कार्यक्रममा बिहीवार बोल्दै ट्रम्पले इरानले अमेरिकी दूतावासमा विस्फोटन गराउन खोजेकाले आफूले सुलेमानीविरुद्ध कारबाही गर्न स्वीकृति दिएको बताए। सुलेमानीको हत्या गरिनुभन्दा केही दिनअघि बग्दादस्थित अमेरिकी दूतावासमा प्रदर्शनकारीले गरेको आक्रमण इरानले नै गराएको स्पष्ट भएको उनको दाबी थियो।

    “अनि त्यो कसले गरायो भन्ने तपाईँलाई थाहा छँदैछ। ती व्यक्ति अब जीवित छैनन्,” उनले भने, “अनि उनको योजनामा त्यो दूतावासबाहेक अरू [स्थान] पनि थियो।”

    पछि ओहायो राज्यमा बोल्दै ट्रम्पले भने, “सुलेमानीले नयाँ आक्रमणका लागि सक्रिय रूपमा योजना बनाइरहेका थिए र उनी गम्भीर रूपमा हाम्रा अरू दूतावासलाई निसाना बनाउन खोज्दैथिए, खालि बग्दादस्थित दूतावासमा मात्र हैन।”

    उक्त विषयमा जानकारी नगराइएको भन्ने गुनासोप्रति टिप्पणी गर्दै ट्रम्पले यदि त्यसो गरिएको भए डेमक्र्याट सांसदहरूले सैन्य योजना सञ्चारमाध्यमलाई चुहाइदिन सक्ने भन्दै खिसी गरे।

    विविसी नेपालीबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...