News Portal

  • इरान विमान दुर्घटना: खामेनेईले गरे सेनाको बचाउ

    भक्तपुरपोष्ट संवाददाता३ माघ २०७६
    ७९१ पटक
    ३ माघ २०७६

    इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईले भूलवश एउटा यात्रुवाहक विमानलाई आक्रमण गरी खसालिदिएको भनी स्वीकारेको देशको सशस्त्र सैन्यको बचाउ गरेका छन्। विरलै गरिने एक भाषणमा उनले भने इरानको रिभोलुशनरी गार्ड- उक्त विनाशकारी हमलाकालागि जिम्मेवार विशेष सैन्य एकाइ- ले इरानको “सुरक्षा व्यवस्थालाई कायम राखेका छन्।”

    उक्त घटनालाई लिएर भैरहेका व्यापक विरोध प्रदर्शन र विदेशबाट भैरहेको आलोचनाले इरानमाथि दबाव बढिरहेको छ। तर आयातोल्लाहले सन् २०१२ पछि पहिलोपल्ट तेहरानमा शुक्रवारका प्रार्थनाहरूको नेतृत्व गर्दै समर्थन हासिल गर्ने प्रयास गरे।

    युक्रेन इन्टरन्याशनल एअरलाइन्सको उक्त बोइंग ७३७-८०० विमान आठ जनवरीका दिन तेहरानबाट किएभतर्फको उडानमा रहेका बेला टेकअफ गरेको केहि समयभित्रै दुर्घटनाग्रस्त भएको थियो। त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो, जसमा इरान, क्यानडा, स्वीडेन र युकेका नागरिकहरू थिए।

    आयातोल्लाहले “राष्ट्रिय एकता” का लागि आह्वान गर्दै इरानका “दुश्मनहरू” भनी वाशिङ्टन र उसका साझेदारहरूतर्फ सङ्केत गर्दै, विमानमा भएको हमलाको घटनालाई उचालेर अमेरिकी ड्रोन हमलामा वरिष्ठ इरानी जेनरल कासिम सुलेमानी मारिएको घटनालाई ओझेलमा पार्न खोजेको बताए।

    आयातोल्लाहले अरू के भने?

    असी वर्षीय आयातोल्लाह खामेनेईले राजधानी तेहरानस्थित मोसल्ला मस्जिदबाट देशलाई सम्बोधन गरेका थिए। उनले पछिल्लो पटक सन् २०१२ मा देशमा इस्लामिक क्रान्ति भएको ३३ औं वर्षगाँठ मनाउने सन्दर्भमा यस्तैगरी सम्बोधन गरेका थिए। राजधानीमा शुक्रवारका प्रार्थनाहरूको नेतृत्व गर्नुको साङ्केतिक रूपमा ठूलो महत्त्व छ।

    वाशिङ्टन इन्स्टिट्युट फर नीअरइस्ट पोलिसि नामक संस्थाका मेहदी खलाजी भन्छन् यो यस्तो समारोह हो जुन इरानको सर्वोच्च निकायले निकै महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बेलाका लागि मात्रै आयोजना गर्ने गर्दछन्। विगतमा इरानी नेताहरूले यस्तो अवसरको जिम्मा वाकपटुतामा निपूण आफूप्रति वफादार धर्मगुरुलाई दिने गर्दथे।

    सेनाको बचाउ गर्नुका साथै आयातोल्लाहले:

    •अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको “दुष्ट” प्रशासनको आलोचना गरे।

    •इरानी जनताप्रति समर्थन व्यक्त गर्दा वाशिङ्टनले “झुटो” बोलेको आरोप लगाए र भने अमेरिकाले “तिनीहरूलाई विषालु छुरी धस्नेछ।”

    •इराकमा गरिएका इरानी क्षेप्यास्त्र हमला अमेरिकाको अनुहारमा “थप्पड” हो।

    •इरानको विशेष सैन्य कुड्स फोर्स, जसलाई अमेरिकाले आतङ्कवादी संगठन भनेको छ- “मानवीय मूल्यमान्यता भएको मानवतावादी संगठन” रहेको बताए।

    •सुलेमानीको अन्तिम संस्कार र इरानी सेनाको प्रतिक्रियालाई “इतिहासको एउटा मोड” भने।

     

    विविसी नेपालीबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...