News Portal

  • अमेरिकाले गर्भवती महिलालाई भिसामा कडाइ गर्ने

    भक्तपुरपोष्ट संवाददाता१० माघ २०७६
    ९४७ पटक
    १० माघ २०७६

    अमेरिकाको विदेश मन्त्रालयले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम ल्याएको छ।शुक्रवारदेखि लागु हुने नीतिले ‘जन्म पर्यटन’लाई रोक्ने बताइएको छ।

    नयाँ नियमानुसार गर्भवती महिलाले अमेरिकाको भिसा (प्रवेशाज्ञा)का लागि आवेदन दिँदा त्यहाँ जान बच्चा जन्माउने बाहेक अन्य निश्चित कारण रहेको प्रमाणित गर्नुपर्नेछ।अधिकारीहरूले यो नयाँ नियम अमेरिकाको राष्ट्रिय सुरक्षा र जनस्वास्थ्यको हिसाबले आवश्यक रहेको बताएका छन्।

    अमेरिकामा जन्मिने लगभग प्रत्येक बच्चाले त्यहाँको नागरिकता पाउने नियम छ जसलाई राष्ट्रपति डोनल्ड ट्रम्पले आलोचना गर्ने गरेका छन्।ट्रम्पले अमेरिकामा आप्रवास कम गर्ने नीति लिएका छन् र ‘त्यहाँ जन्मिने सबै व्यक्ति अमेरिकी नागरिक हुने’ संवैधानिक व्यवस्थामाथि प्रश्न उठाएका छन्।

    नयाँ नियममा के छ?
    नयाँ नियम बी भिसा अर्थात भ्रमण भिसामा लागु हुनेछ।यस नियमपछि भिसा अधिकारीहरूलाई कुनैपनि व्यक्तिको अमेरिका भ्रमणको उद्देश्य त्यहाँ बच्चा जन्माउने मात्रै देखिएका खण्डमा भिसा नदिन सक्नेछन्।

    “जन्म पर्यटन अपराधिक गतिविधिसँगै बढिरहेको छ,” नीतिमा लेखिएको छ।नीतिले स्वास्थ्य उपचारका लागि अमेरिका जान चाहनेहरूलाई पनि भिसा प्राप्त गर्न गार्‍हो हुनेछ।

    स्वास्थ्य उपचारका लागि अमेरिका जान चाहनेहरूले अब त्यहाँको उपचार खर्च बेहोर्न सक्ने हैसियत देखाउनुको साथै अमेरिकी चिकित्सकको व्यवस्था गरेको देखाउनु पर्नेछ।राष्ट्रपति कार्यलयले नयाँ नियमको प्रशंसा गरेको छ।

    राष्ट्रपतिका प्रेस सेक्रेटरी स्टेफाइन ग्रीसमले एक विज्ञप्तिमा जन्म पर्यटनले अस्पताल महत्त्वपूर्ण स्रोतमाथि दबाबमा पारेको र अपराधिक गतिविधिसँग गाँसिएको बताएकी छन्।वृद्धको भेषमा अमेरिका उड्न खोज्ने युवक दिल्लीमा पक्राउ

    कति बच्चा जन्मिन्छन्?

    अमेरिकामा भ्रमण गरिरहेकाले कति बच्चा जन्माउँछन् भन्ने यकिन तथ्याङ्क छैन तर केही समूहले अनुमानित सङ्ख्या सार्वजनिक गरेका छन्।यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रीभेन्सनका अनुसार सन् २०१७ मा करिब १०,००० बच्चाहरू भ्रमण भिसामा रहेका मानिसबाट जन्मिएका थिए।सन् २००७ मा त्यो सङ्ख्या ७,८०० थियो।

    आप्रवासमा कडा नियमका लागि वकालत गर्ने सेन्टर फर इमीग्रेशन स्टडीजले सन् २०१६ को पछिल्लो छ महिना र सन् २०१७ को पहिलो छ महिनाबीचको एक वर्षमा ३३,००० बच्चाहरू जन्मेको बताउँछ।पुरानो नियममा गर्भवती महिलाहरू जुनसुकै बेलापनि अमेरिका प्रवेश गर्न पाउँथे।

    विविसी नेपालीबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...