News Portal

  • चीनभरी फैलियो कोरोनाभाइरसको सङ्क्रमण

    भक्तपुरपोष्ट संवाददाता१६ माघ २०७६
    ११६१ पटक
    १६ माघ २०७६

    चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ र उक्त सङ्क्रमण तिब्बतमा पनि देखिएसँगै चीनको मूख्य भूभागको सबैतिर उक्त भाइरस पुगेको पुष्टि भएको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधवारसम्म ७ हजार ७ सय ११ वटा सङ्क्रमण पुष्टि भएको बताएका छन्।

    हालसम्म चीनबाहेक कम्तीमा १५ वटा देशमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसले विश्वव्यापी स्वास्थ्य आपत्‌काललाई सङ्केत गर्ने या नगर्ने भन्ने निर्क्यौल गर्न बैठक गरिरहेको छ।

    उक्त निकायका महानिर्देशकले मानवबाट मानवमा भइरहेको सङ्क्रमणको विस्तारले आफूहरूलाई चिन्तित बनाएको उल्लेख गरेका छन्।उनले जर्मनी, भियतनाम र जापानमा चीन पुगेका मानिसहरूबाट सङ्क्रमण फैलिएका घटना फेला परेको बताए।

    खोप बनाउने प्रयास

    चीन बाहिर सङ्ख्या कम भए पनि ज्यादै ठूलो स्तरको सङ्क्रमणको सम्भावना रहेको उनको भनाइ छ।चीनमा सन् २००० को दशकको शुरूआतमा फैलिएको सार्सको सङ्क्रमणभन्दा ठूलो सङ्ख्यामा मानिसहरूमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।तर मृतकको सङ्ख्या निकै कम छ। सार्स पनि कोरोनाभाइरसकै एउटा सदस्य हो र त्यसले श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याहरू निम्त्याएको थियो।

    अनुसन्धानकर्ताहरूले यो भाइरसबाट मानिसहरूलाई जोगाउन खोपको विकास गर्ने प्रयास गरिरहेका छन्।क्यालिफोर्नियाको एउटा अनुसन्धान केन्द्रले जुन वा जुलाई महिनामा मानिसमा परीक्षण गर्न सकिने खोप तयार हुने बताएको छ।

    चिनियाँ प्रयासको सराहना

    डब्लुएचओले उक्त सङ्क्रमणलाई सम्बोधन गर्ने चिनियाँ प्रयासको प्रशंसा गरेको छ। राष्ट्रपति सी जीन्पिङले उक्त दुष्ट भाइरसलाई पराजित गर्ने वाचा गरेका थिए।सङ्क्रमणका कारण देशको मध्यमा रहेको हुबे प्रान्तमा पूर्ण रूपमा आवतजावतमा प्रतिबन्ध लगाइएको छ।सङ्क्रमणको केन्द्रमा रहेको वुहान शहर पनि रहेको उक्त प्रान्तमा ६ करोड जनसङ्ख्या छ।

    कोरोनाभाइरस सङ्क्रमणको सामना गरिरहेको चिनियाँ सरकारले मूल्यवृद्धि तथा वस्तुको अभावसम्बन्धी रिपोर्टका बीच खाद्य उत्पादन जारी राख्न किसानहरूलाई आग्रह गरेको छ।अधिकारीहरूले सङ्क्रमण शुरू भएको हुबे प्रान्तका लाखौँ मानिसका लागि खाद्यान्न ओसार्ने ट्रकहरूका निम्ति सडकहरू खुला राख्न निर्देशन दिएका छन्।अन्य मुलुकहरूले चीनसँगको यातायात सम्पर्क विच्छेद गरिरहेका छन्। रुसले चीनसँगको चार हजार किलोमिटर सिमाना बन्द गर्न आदेश दिएको छ।

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...