News Portal

  • भारतमा चिकेन बिरयानी भन्दै कागको बिरयानी बेचियो

    भक्तपुरपोष्ट संवाददाता२१ माघ २०७६
    ८८९ पटक
    २१ माघ २०७६

    भारतको तमिलनाडुमा एकजना होटल साहुले कुखुराको मासु भनेर कागको मासु बेच्ने गरेको खुलासा भएको छ । सडक किनारमा राखिएको त्यस्तो पसलमा कुखुराको मासु भनेर स्वाद मानेर खाएका उपभोक्ताले कागको मासु खाएका हुन् । तमिलनाडुको रामेश्वरमस्थित सडक किनारामा रहेका ठेला पसलहरुमा गरिएको छापामारी पछि भएको अनुसन्धानमा यस्तो खुलेको हो । ति पसलमा व्यापारीले चिकेन बिरयानी भन्दै कौवाको मासु हालेको बिरयानी खुवाउने गरेको फेला परेको हो ।

    सरकारको खाद्य विभागले छापा मार्दा यस्तो तथ्य खुलेपछि अहिले भारतमा त्यसले खैलाबैला मच्चाएको छ । प्रहरीले त्यसरी उपभोक्ता ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँगबाट झण्डै डेढसय वटा मरेका काग समेत बरामद गरिएको छ ।

    हिन्दु धर्माबलम्बीहरुको चर्चित तीर्थस्थल रामेश्वरममा दर्शन गर्न आएका तीर्थयात्रीहरुको उजुरीको आधारमा प्रहरीले छापा मा रेको थियो । अनुसन्धानका क्रममा अर्को डरलाग्दो कुरा पनि खुलेको छ । कागलाई मा र्न ब्यापारीहरुले वि षालु चामल खुवाउने गरेका थिए । वि ष खुवाएर काग मा रेर त्यही म रेको कागको मासु हालेर चिकेन विरयानीको नाममा ठगी गर्दै आएको फेला परेको हो ।

    कुखुराको मासु भन्दा त्यसरी खरीद गरिने कागको मासु निकै नै सस्तो पर्ने भएपछि ठेला व्यापारीहरुले त्यस्तो अपराध गरिरहेका फेला परेको हो । यसअघि भारतको मुम्बइ, नोएडा तथा कलकत्तामा समेत कुखुरा तथा खसीको मासु भन्दै कुकुर वा बिरालोको मासु खुवाइने तथ्य फेला परेको थियो ।

    एजेन्सी

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...