News Portal

  • पृथ्वी गोलो नभएको प्रमाणित गर्न अन्तरिक्षमा जान खोज्दा मृत्यु

    भक्तपुरपोष्ट संवाददाता११ फागुन २०७६
    १४८६ पटक
    ११ फागुन २०७६

    क्यालिफोर्नियाको मरुभूमिमा आफैँले बनाएको रकेटमा अन्तरिक्ष जान खोजेका एक अमेरिकीको मृत्यु भएको छ।पागल उपनाम राखेका ६४ वर्षीय माइक ह्यूजको वाष्पशक्तिबाट चल्ने रकेटमा अन्तरिक्ष जान खोज्दा शनिवार दुर्घटनामा निधन भएको हो।

    सामाजिक सञ्जालमा उपलब्ध भिडिओमा एउटा रकेट आकाशमा उडेको र केही बेरमै नजिकै जमिनमा खसेको देखिन्छ।ह्यूज पृथ्वी गोलो नभई सम्म भएको प्रमाणित गर्न अन्तरिक्षमा जान चाहेका थिए।

    रकेटपछाडि प्यारासुट

    यूएस साइन्स टीभी च्यानलमा देखाइने होममेड एस्ट्रोनौट्स कार्यक्रमका लागि उनको सो प्रयास पुरै खिचिएको बताइएको छ।आफ्ना साथी वाल्डो स्टेक्सको सहयोगमा उनी वाष्पशक्तिले चल्ने रकेटमा पृथ्वीबाट ५,००० फिटमाथि जान चाहेका थिए।

    भिडिओमा प्रक्षेपणको केही सेकेन्डमै रकेटको पछाडि प्यारासुट देखिन्छ।एउटा ट्वीटमा साइन्स च्यालनले ह्यूजको आफ्नो सपना पूरा गर्ने क्रममा निधन भएको बताएको छ।सान बेर्नार्डीनो काउन्टीका प्रहरी कार्यालयले सो घटनाबारे आफूलाई दिउँसो दुई बजेतिर जानकारी दिइएको जनाएको छ।

    कार्यालयले खुला मरुभूमिमा रकेट खसेपछि एकजना व्यक्तिको मृत्यु भएको बताएको छ। ह्यूज र उनका सहयोगीले १८,००० अमेरिकी डलर खर्च गरेर घरमै रकेट बनाएको बताइएको छ।

    ह्यूज पृथ्वी समतल भएको प्रमाणित गर्ने दाबी गरेर चर्चित भएका थिए।गएको मार्चमा उनी रकेटबाट १,८७० फिटमाथि पुगेका थिए जहाँबाट प्यारासुटमार्फत उनी फर्केका थिए।उनले सन् २००२ मा कार उडाएर १०३ फिटको दूरी पार गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका थिए।

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...