News Portal

  • भारत आइपुगे अमेरिकी राष्ट्रपति ट्रम्प,पाए भव्य स्वागत

    भक्तपुरपोष्ट संवाददाता१२ फागुन २०७६
    ८८२ पटक
    १२ फागुन २०७६

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका क्रममा भारत पुगेका छन् । ट्रम्प सोमबार विहान अहमबाद विमानस्थलमा अवतरण भएका हुन् ।

    विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसिलो अङ्कमाल गरेर स्वागत गरेका थिए। ती दुई नेताले महात्मा गान्धीले १३ वर्ष बिताएका सावरमती आश्रमको भ्रमण गरे।

    राष्ट्रपति ट्रम्पको भ्रमण संसारका दुई सबैभन्दा ठूला प्रजातान्त्रिक देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउनमा केन्द्रित हुने बताइएको छ।ट्रम्पलाई स्वागत गर्न गुजरातमा हजारौँ मानिसहरू सडकका दायाँबायाँ उभिएका दृश्य देखिएको थियो।


    ट्रम्पले यात्रा गर्ने बाटोमा दुई नेताका तस्बिर सहितका ठूलाठूला होर्डिङ बोर्डहरू टाँगिएका छन्।ठूलो तामझामका साथ भ्रमणको आयोजना भइरहेको भए पनि यो भ्रमणका क्रममा दुई देशबीचको व्यापार सहमति भने होला जस्तो देखिँदैन।अमेरिका भारतको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक साझेदार हो। सन् २०१८ मा द्विपक्षीय व्यापारको आकार १४२.६ अर्ब डलर थियो। अमेरिकाको भारतसँग २५.२ अर्ब डलरको वस्तु तथा सेवासँग सम्बन्धित व्यापारघाटा विद्यमान ‌थियो।

    दुई देशबीच बढ्दो राजनीतिक तथा रणनीतिक निकटताका माझ व्यापारको विषयलाई लिएर भने दुई देशबीच तनावको स्थिति छ। राष्ट्रपति ट्रम्पले भारतले आयातमा लगाएको करलाई “अस्वीकार्य” भनेका छन् र उनले भारतलाई “कर लगाउनेहरूको राजा” समेत भनेका छन्।सन् २०१९ मा अमेरिकाले भारतलाई दिँदै आएको विशेष सुविधायुक्त व्यापार सहुलियतको अन्त्य गरेको थियो।

    त्यस्तो कदमपछि भारतले विभिन्न २८ वटा अमेरिकी उत्पादनको आयातमा जबाफी कर लगाएको थियो र दुई देशबीच कूटनीतिक विवाद उत्पन्न भएको थियो।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...