News Portal

  • कोरोनाभाइरस: विश्वव्यापी महामारीको चिन्ता बढ्यो

    भक्तपुरपोष्ट संवाददाता१२ फागुन २०७६
    ८४७ पटक
    १२ फागुन २०७६

    विश्वभरि नयाँ सङ्क्रमणका सङ्ख्या बढ्दै गर्दा कोरोनाभाइरसको प्रकोपले विश्वव्यापी महामारीको स्वरूप लिने चिन्ता बढेको छ।हालसम्म अधिकांश सङ्क्रमण चीनभित्र नै पाइएको छ तर दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरू कोभिड-१९ भनिने स्वासप्रस्वासको रोग गराउने उक्त भाइरसको सङ्क्रमण रोक्न संघर्षरत छन्।

    विश्वका विभिन्न भागहरूमा कुनै सङ्क्रामक रोगले एकैपटक खतरा उत्पन्न गरायो भने त्यसलाई ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भनिन्छ।अहिलेसम्म सो नयाँ कोरोनाभाइरस सङ्क्रमण रोक्ने कुनै खोप उपलब्ध छैन।

    कहाँ कति छ कोरोनाभाइरस?
    चीनमा सङ्क्रमितहरूको सङ्ख्या ७७,००० नाघेको छ। त्यहाँ झन्डै २,६०० मानिसको ज्यान गइसकेको छ।चीनबाहेक अन्य २६ देशमा उक्त रोग फैलिएको र त्यसले १२ सय मानिस सङ्क्रमित भइसकेको अनि ८ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ।

    सोमवार अफगानिस्तान, कुवेत र बाहरेनले ती देशमा पहिलो कोरोनाभाइरस सङ्क्रमण पाइएको जनाए।ती सबै घटनामा इरानबाट फर्किएमा मानिसमा सो सङ्क्रमण भेटिएको हो।

    ‘रोक्ने अवसर साँघुरिँदै’

    यसअघि डब्लूएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले भाइरस सङ्क्रमण रोक्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिएका थिए।

    युकेको इस्ट एङ्ग्लिया विश्वविद्यालयका स्वास्थ्य सुरक्षासम्बन्धी प्राध्यापक पाउल हन्टरले पनि चीनभन्दा बाहिर बढ्दो सङ्क्रमण ‘अत्यन्त चिन्ताजनक’ भएको बताए।दक्षिण कोरियामा राष्ट्रपति मुन जे-इनले मानिसहरूलाई सरकारले क्वारन्टीनबारे चालेका कदमहरूमा विश्वास गर्न आह्वान गरेका छन्।

    त्यहाँ चीनभन्दा बाहिर सबभन्दा धेरै सङ्ख्यामा – झन्डै ८०० – सङ्क्रमित भेटिएका छन्। सातजनाको ज्यान गएको छ।

    इरानमा १२ को मृत्यु
    इरानमा कोरोनाभाइरसबाट मारिनेको सङ्ख्या १२ पुगेको छ भने इटलीमा चारजना मारिएका छन्।स्वास्थ्य सम्वाददाता फर्गुस वाल्सले दक्षिण कोरिया, इरान र इटलीमा देखिएका अवस्थालाई समग्रमा हेर्दा त्यसले विश्वव्यापी महामारीको सुरुवाती चरणतर्फ इंगित गर्ने बताए।

    ती तीनवटै देशमा चीनसँग असम्बन्धित कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको छ।इटलीमा चीनमाजस्तै नियन्त्रणका उपाय अपनाइएका छन् भने इरानको स्थिति विशेषगरी चिन्ताजनक रहेको वाल्सले उल्लेख गरेका छन्।

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...