नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूत विनयले आफ्नो ओहोदाको प्रमाण पत्र बुझाएका हुन्।
आइतबार काठमाडौं आइपुगेका विनयले बिहीवार आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए।मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि उनी नयाँ राजदूत बनेर नेपाल आएका हुन् । उनी नेपालका लागि २५औँ भारतीय राजदूत भएका छन् ।
३० वर्षदेखि भारतीय विदेश मन्त्रालय अन्तर्गत सेवारत विनय यसअघि फ्रान्सको लागि भारतीय राजदूत रहेका थिए।