News Portal

  • इटलीमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या दुई सय पुग्यो

    भक्तपुरपोष्ट संवाददाता२४ फागुन २०७६
    ८५८ पटक
    २४ फागुन २०७६

    नयाँ कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या इटलीमा १ सय ९७ पुगेको छ । प्रकोप सुरु भएयता सङ्क्रमण हुनेको सङख्या एक दिनमै धेरै बढेपछि मृत्यु हुनेको सङ्ख्या यति पुगेको हो। अधिकारीहरूका अनुसार गत २४ घण्टामा मात्रै ४९को मृत्यु भएको छ । कुल सङक्रमण हुनेको सङ्ख्या अहिलेसम्म ४६ सयभन्दा बढी पुगेको छ।

    डिसेम्बरमा भाइरस पहिलोपटक देखिएयता चीनबाहिर सबभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या हुने देश इटली बन्न पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट करिब १ लाख मानिस सङ्क्रमित भएको जनाएको छ ।

    तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको छ जसमध्ये धेरै मृत्यु चीनमा भएको थियो। विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रो एड्हानोम गेहब्रेयससले भाइरसको सङ्क्रमण “गहिरो चिन्ताको विषय” भएको भन्दै यसको रोकथामलाई “उच्च प्राथमिकतामा राख्न” सबै देशहरूलाई अपिल गरेका छन्।

    इटलीमा के भइरहेको छ ?

    अधिकारीहरूले शुक्रवार एक विज्ञप्तिमार्फत् दैनिक मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी पुगेको घोषणा गरेका छन् । उनीहरूले स्वास्थ्य अधिकारीहरूले “मृत्युको यकिन कारण नभन्दासम्म” मृत्यु हुनेको उक्त सङ्ख्या पुष्टि गर्न नसकिएको बताए । राष्ट्रिय स्वास्थ्य निकायले मृत्यु हुनेको औसत आयु ८१ रहेको र उनीहरूमध्ये धेरैमा पहिल्यै अन्य स्वास्थ्य समस्या पनि रहेको जनाएको छ। मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष रहेको पनि जनाइएको छ।

    सरकारी तथ्याङ्क अनुसार कोरोनाभाइरस देखिएका ४ दशमलव २५ प्रतिशतको मृत्यु भएको पुष्टि भएको छ जुन विश्वमा उच्च दर हो । सरकारले यो साता प्रकोप नियन्त्रण गर्न विभिन्न प्रयास गरिरहेका बेला यसै साता त्यहाँ १० दिनका लागि सबै विद्यालयहरू बन्द गर्न सरकारलाई निर्देशन दिएको छ।

    सबै व्य‍वसायिक खेलहरू पनि महिना दिनसम्मका लागि बन्द कोठाभित्र खेलिने छ । इटलीभन्दा बढी कोरोनाभाइरस सङक्रमितको सङख्या चीन, दक्षिण कोरिया र इरानमा मात्र रहेको बताइएको छ।विविसीबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...