News Portal

  • कोरोना संक्रमणः बेलायती स्वास्थ्यमन्त्री नै संक्रमित

    २८ फागुन २०७६
    १३९५ पटक
    २८ फागुन २०७६

    ब्रिटेनकी कनिष्ठ स्वास्थ्य मन्त्रीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्।उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भएकी थिइन्।स्वास्थ्यमन्त्री डोरिजले आफूसँगै घरमा बसिरहेकी आफ्नी ८४ वर्षिया आमाको स्वास्थ्यबारे आफूलाई चिन्ता लागेको बताइन्।ब्रिटेनमा करिब ४०० जनामा सङ्क्रमण भेटिएको छ। ६ जनाको मृत्यु भएको छ।

    अमेरिकामा न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोउमोले कोरोनाभाइरसबाट निकै प्रभावित उत्तरी सहरको इलाकामा सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ। न्यू रोशलको १.६ किलोमिटर क्षेत्रलाई नियन्त्रित क्षेत्र घोषणा गरिएको हो।कोरोनाभाइरस अति प्रभावित इटलीमा ज्यान गुमाउने सङ्ख्या फेरि बढेको छ। जहाँ कडा प्रतिबन्ध जारी छ।

    न्याश्नल गार्डको जिम्मेवारी

    न्यूयोर्कका गभर्नर कोउमोले न्यू रोशल अमेरिकाकै सम्भवत: धेरै सङ्क्रमितहरू भएको क्षेत्र रहेको बताए।न्यूयोर्क सहरको तुलनामा निकै कम जनसङ्ख्या रहे पनि त्यहाँ सङ्क्रमितहरूको सङ्ख्या धेरै नै बढी भेटिएको उनको भनाइ छ।त्यहाँ न्याश्नल गार्डका सदस्यहरू परिचालन गर्ने निर्णय भएको छ।उनीहरूले विद्यालयलगायत सार्वाजनिक स्थलहरूको सफाइ गर्ने छन्।क्वारन्टीनमा रहेका निजी घरहरूमा आवश्यक खाने कुरा पुर्‍याउने जिम्मेवारी पनि उनीहरूलाई दिइएको छ।

    चीनमा सङ्क्रमण घट्यो

    कडा प्रतिबन्ध लगाइएको इटलीमा मृतकको सङ्ख्या ६३१ पुगेको छ।त्यहाँ एकै दिन १६८ जनाको मृत्यु भएको छ।सङ्क्रमितहरूको सङ्ख्या करिब एक हजार थपिएर १० हजार १४९ पुगेको छ।इटली चीनपछि सबैभन्दा धेरै मानिसको मृत्यु हुने देश हो।चीनमा भने मङ्गलवार १९ जनामात्र नयाँ सङ्क्रमित भेटिएका छन्। जुन अहिलेसम्मकै कम सङ्ख्या हो।सबभन्दा पहिले कोरोनाभाइरस भेटिएको चीनमा सङ्क्रमितहरूको कूल सङ्ख्या ८० हजार ७५४ छ भने ३ हजार १३६ जनाले ज्यान गुमाएका छन्।विविसीबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...