News Portal

  • दुई साताका लागि मलेसिया प्रवेशमा रोक

    इभक्तपुर संवाददाता
    ७५२ पटक

    काठमाडौँ,५ चैत । कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधबारदेखि लागू हुने यो नियम आगामी मार्च ३१ वा चैत १८ गतेसम्म लागू हुने जनाएको छ । मलेसिया सरकारले लगाएको प्रवेश रोकले नेपाली श्रमिक बढी प्रभावित हुनेछन् । घर बिदामा नेपाल आएका पनि यो बीचमा फर्कन नपाउने भएका छन् ।

    नेपाली श्रमिकका लागि मलेसिया, कतार र साउदी अरब पछिकोे प्रमुख श्रम गन्तव्य मुलुक मानिन्छ । कतारले पनि विदेशी नागरिकलाई प्रवेश नगराउने भनेर यसअघि नै सूचना गरिसकेको छ । मलेसियाबाट नेपाल फर्कन चाहनेका लागि भने कुनै अवरोध नरहेको राजदूतावासले विज्ञप्तिमार्फत प्रस्ट पारेको छ । मलेसियन नागरिकलाई भने विदेश जानसमेत रोक लगाइएको छ ।

    दूतावासले विज्ञप्तिमार्फत मलेसिया सरकारले जमघट, भेलालगायतका अन्य सामाजिक भेटघाट गर्ने क्रियाकलापमा रोक लाएकाले मलेसिया रहेका नेपालीलाई जमघट नगर्न आग्रह गरेको छ । दुई हप्तासम्म मलेसियाका अति आवश्यक सेवा प्रदान गर्ने सरकारी निकायबाहेक अन्य सबै सरकारी वा विद्यालय, विश्वविद्यालय बन्द हुनेछन् ।

    दैनिक उपभोगका सामग्री र सेवा पाउने पसल, सुपरमार्केट, औषधि पसल, अस्पताल, यातायात, प्रहरीलगायतका महत्वपूर्ण सेवा दिने निकाय भने खुला नै रहने छन् । मलेसियामा अहिलेसम्म ५६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । जसमध्ये ४२ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५२४ जनाले उपचार गराइरहेको मलेसिया सरकारले जनाएको छ ।

    मलेसियामा पाँच लाखभन्दा धेरै नेपाली रहेको सरकारी अनुमान छ तर अहिलेसम्म मलेसियामा कार्यरत नेपाली श्रमिकमा भने कोरोनाको सङ्क्रमण देखिएको छैन । कोरोनाको सङ्क्रमण बढ्दै जाँदा कतारमा कार्यरत नेपाली श्रमिकमा पनि त्रास बढ्दै गएको छ ।

    क्याम्पमा निगरानी बढाएको र कतिपय श्रमिकलाई डिपोर्ट गरिएको छ । कतारमा कार्यरत केही श्रमिकलाई डिपोर्ट गरिएको सम्बन्धमा नेपालबाट परराष्ट्र र कन्सुलर सेवाबाट चिठ्ठी आएको तर त्यस सम्बन्धमा दूतावासले जानकारी लिइरहेकाले अहिले नै कति श्रमिक डिपोर्ट भए र किन गरियो भनेर भन्न सकिने अवस्था नरहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । तर त्यहाँ कार्यरत श्रमिकलाई कोरोनाको त्राससँगै समस्या पनि बढ्दै गएको छ ।

    ‘दूतावासले विज्ञप्तिमार्फत आफ्ना देशका नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र कोठाभित्रै बस्न आग्रह गर्दै आएको छ । कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने त्यहाँ कार्यरत केही श्रमिकलाई डिपोर्ट गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

    सार्वजनिक बसदेखि होटल, रेस्टुरेन्टहरू बन्द छन् । यस्तो अवस्थामा भीडभाडमा जाँदा प्रहरीले पक्राउ गर्नसक्ने सम्भावना भएकाले भीडभाडमा नजान र सतर्कता अपनाउन दूतावासले आग्रह गरेको छ । कतारमा अहिलेसम्म ४३९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये चार जना उपचारपछि निको भएका छन् भने ४३५ जनाले उपचार गराइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...