News Portal

  • कोरोनाको कारण मानिस मरिरहेको अडियो पोस्ट गर्ने बिबेक भक्तपुरबाट पक्राउ

    बाबुराम दाहाल / भक्तपुर पोस्ट सूर्यविनायक, ८ चैत
    ३७०५ पटक
    सूर्यविनायक, ८ चैत

    कोरोनाको कारण मानिस मरिरहेको कुरा राज्यले लुकाइरहेको अडियो पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति भक्तपुरको सिपाडोल बस्ने बिबेक थापामगर हुन् ।

    रामेछाप घर भै सिपाडोल बस्ने बिबेकलाई प्रहरीले पक्राउ गरेको श्रोतले बताएको छ । श्रोतका अनुसार करिब ३ बजेको समयमा भक्तपुरबाट उनलाई पक्राउ गरिएको हो । ”२० वर्षिय बिबेकलाई भक्तपुर प्रहरीको समन्वयमा प्रहरीको साइबर ब्युरोले समातेको छ।”भक्तपुर पोस्ट श्रोतले भन्यो । यसको औपचारिक जानकारी भने आउँन बाँकी छ ।

    शनिवार विहानै देखि फेसबुक मेसेंजरमा नर्भिक र त्रिवि शिक्षण अस्पतालमा कोरोनाको बिरामी भेटिएको र त्रिवि शिक्षण अस्पतालमा  कोरोनाको कारण मानिस मरिरहेको कुरा राज्यले लुकाइरहेको अडियो संदेश भाइरल भएको थियो ।

    शनिबार बिहानैदेखि फेसबुक मेसेंजरमा अडियो मेसेज भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । नेपाल प्रहरीका प्रवक्ता एवं डिआईजी शैलेश थापाले अडियोमा भनिएका कुरामा कुनै सत्यता नभएको र यस्तो अफवाह फैलाउने युककको खोजी भैरहेको भनेका थिए ।

    कोरोना भाइरसका आशंका भए जाच्ने काम शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै भइरहेको भएपनि उक्त अडियो शेयर हुदा मानिसहरु भ्रमित बनेका थिए। थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले हुँदै नभएको खबर भाइरल भएको बताएका थिए। उनले उक्त खबर भाइरल गर्ने कार्यमा संलग्नको खोजी गरी कारवाही गर्न समेत माग गरेका थिए ।

    प्रहरीले थापामगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । मुलुकी अपराध संहिता अनुसार यसरी झुट्ठा अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ । सो सजायका अतिरिक्त विद्युतीय माध्यम प्रयोग भएको हुँदा थप सजाय समेत हुनसक्ने बताइएको छ ।

    अब सूचना तपाईंको औंलामा….
    हाम्रो पेज लाइक गरी सूचनामा पहुँच बढाउनुस् !
    https://www.facebook.com/bhaktapurpost/

    यो पनि

    नेपालमा कोरोना आएको भाइरल मेसेज अफवाह मात्रै : अफवाह फ़ैलाउनेलाइ खोज्दै प्रहरी

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...