News Portal

  • उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण

    भक्तपुरपोष्ट संवाददाता८ चैत २०७६
    ८५५ पटक
    ८ चैत २०७६

    एजेन्सी । उत्तर कोरियाले शनिवार बिहान समुद्रमा दुई क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले सो प्रक्षेपण छोटो दूरीका क्षेप्यास्त्र हुनसक्ने जनाएको छ । सो क्षेप्यास्त्र प्योनगान प्रान्तबाट सी अफ जापानतर्फ प्रक्षेपण गरिएको थियो ।

    यो महिनाको शुरूमा केही क्षेप्यास्त्रहरू परीक्षण गरेपछि उत्तर कोरियालाई चीन र अमेरिकाले वार्तामा बस्न भनेको थियो। शनिवार दक्षिण कोरियाका सेना प्रमुखले थप परीक्षण हुनसक्ने हुँदा स्थितिको निगरानी गरिरहेको बताएका छन्।

    विश्व कोरोनाभाइरस सङ्क्रमणसँग जुझिरहेको बेला गरिएको परीक्षण अत्यन्त अनुचित भएको दक्षिण कोरियाले बताएको छ। ती क्षेप्यास्त्र ४१० किलोमिटरसम्म उडेको र ५० किलोमिटरको उचाइमा पुगेको दक्षिण कोरियाली सेनाको कुरा छ।

    जापानले आफ्नो सीमा बाहिर एउटा क्षेप्यास्त्र खसेको पुष्टि गरेको छ। उत्तर कोरियाले अप्रिल १० मा संसद्‌को भेला गर्ने घोषणा गरेको छ जसका लागि देशभरबाट ७०० नेताहरू एकैस्थानमा आइपुग्ने छन्।

    कोरोनाभाइरस शुरू भएको चीन र व्यापक रूपमा फैलिएको दक्षिण कोरियासँग उत्तर कोरियाको सीमा जोडिएको छ।तर, उत्तर कोरियामा कोरोनाभाइरसको सङ्क्रमण छैन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...