News Portal

  • कोरोना संक्रमणका कारण रियल मड्रिडका पूर्वअध्यक्षको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता९ चैत २०७६
    १२४६ पटक
    ९ चैत २०७६

    काठमाडौं । कोरोनाको संक्रमणबाट रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ज्यान गएको छ । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो ।

    कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना भएका ७६ वर्षीय पूर्व अध्यक्ष लोरेन्जोले उपचारकै क्रममा निधन भएको उनका छोरा फर्नाडो सान्जलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    आफ्ना पूर्व अध्यक्षको निधनप्रति रियल म्याड्रिडले पनि एक विज्ञप्ति निकालेको छ । ‘रियल म्याड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जको सान्जको निधनबाट दुखित छौं,’ विज्ञप्तिमा भनिएको छ ।

    लोरेन्जकोले सन् १९९५ देखि २००० सम्म ५ वर्ष रियल मड्रिडको अध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनको कार्यकालमा रियल मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो ।

    कोरोनाको संक्रमणबाट आइतबार बिहानसम्म स्पेनमा २५ हजार ४ सय ९६ जना संक्रमित भएका छन् भने एक हजार ३ सय ७८ जनाको ज्यान गएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...