News Portal

  • कोरोनाभाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

    भक्तपुरपोष्ट संवाददाता११ चैत २०७६
    ८२४ पटक
    ११ चैत २०७६

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।जिनिभास्थित बीबीसी सम्वाददाता इमोजेन फोक्स भन्छिन्, ‘पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइयो। दुई लाख पुग्न अर्को ११ दिन लाग्यो। तर त्यसको चार दिनमै तीन लाख पुग्यो।’

    विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई ‘विश्वव्यापी महामारी’ को सङ्ज्ञा यसअघि नै दिइसकेको छ।’ विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न भनेको छ।प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने उसले बताएको छ।

    फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग मिलेर आह्वान गर्न लागेको जीट्वेन्टी समूहको आकस्मिक शिखर सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनलाई पनि पनि निम्त्याइएको छ।

    विश्वका अग्रणी अर्थतन्त्र तथा वित्तीय संस्थाहरूले संसारलाई लामो आर्थिक मन्दीबाट जोगाउन विशाल परिमाणमा पैसा हाल्न आफूहरू तयार रहेको बताएका छन्।अमेरिकाको केन्द्रीय ब्याङ्क फेडरल रिजर्भले ऐतिहासिक कदम चाल्दै कर्पोरेट ऋण किनिदिने तथा घरेलु सापटी प्रवाहलाई भरथेग गरिदिने बताएको छ।जर्मनीले आफ्नो अर्थतन्त्रमा परेको हानिलाई कम गर्न ८०० अर्ब डलर खर्च गर्ने बताएको छ।

    विश्व ब्याङ्कले विकासोन्मुख देशहरूलाई कोरोनाभाइरस प्रकोपको मार बेहोर्न १५० अर्ब डलर सहायता दिने जनाएको छ।संयुक्त राष्ट्रसङ्घका महासचिवले कोरोनाभाइरस प्रकोपसँग जुध्न विश्वभरि जारी द्वन्द्वमा युद्धविराम गर्न आह्वान गरेका छन्।एन्टोनियो गुटेरजले कोभिड-१९ राष्ट्रसङ्घको ७५ वर्षे इतिहासकै एक अभूतपूर्व स्वास्थ्य सङ्कट भएको बताए।

    उनले विश्वका गरिब देशहरू तथा जोखिममा रहेका मानिसहरू सबभन्दा नराम्ररी प्रभावित हुने भन्दै कीर्तिमानस्तरको विश्वव्यापी मन्दी अवश्यम्भावी भएको बताए।उनले विश्व नेताहरूलाई तत्काल र संयोजित प्रतिक्रिया देखाउन एकताबद्ध हुन आह्वान गरे।विविसीबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...