News Portal

  • ९ अंक जाेडेर भारतीय प्रधानमन्त्रीको अनौठो आह्वान : के कोरोना बिरुद्ध आध्यात्मिक लडाई हो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ चैत
    १६५९ पटक
    भक्तपुर, २१ चैत

    अति धार्मिक हिन्दुवादी नेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससंग लड्न आध्यात्मिक बाटो अख्तियार गरेकाे संकेत गरेका छन् । बिहान ९ बजे भारतीय जनतालाई भिडियो संदेश दिंदै उनले आइतबार राती ९ बजे दीप प्रज्वलनका लागि आह्वान गरेका हुन् ।

    विश्वका बैज्ञानिकहरुले कोरोना भाइरस सामु घुडा टेकेको अवस्थामा भारतीय प्रधानमन्त्री मोदीको आश्चर्यजनक आह्वान सार्वजनिक भएको हो । उनले यसलाई कोरोना बिरुद्धको लडाइमा सबै जनता साथ् रहेको रुपमा ऐतिहासिक रहने व्याख्या गरे पनि उनको ९ बजेको सम्बोधन र ९ बजेकै दीप प्रज्वलनको समयलाई संयोग मात्र मान्न सकिंदैन । त्यतिमात्र होइन,उनले दीप प्रज्वाजन समेत ९ मिनेट सम्म गर्न आह्वान गरेका छन् । ‘तपाईँको घरको बत्ती निभाउनुस्, घरको बालकोनीमा गएर ९ मिनेटसम्म क्यान्डिल, टर्च वा मोबाइल फ्ल्यास लाइट बाल्नुस् । तर समूहमा नगर्नुस् र सडकमा नआउनुुस्’ सम्बोधनमा उनले भने ।

    उनी कुनै आध्यात्मिक शक्तिको आडमा भारतलाई कोरोना मुक्त गर्न चाहन्छन् भन्ने देखिए पनि उनले सो कुरा खुलाएका भने छैनन् । तर उनले भनेका छन् की अप्रिल 5 को रात नौ बजे सबै मानिसहरूले घरको सबै बत्तीहरू बन्द गर्नेछन् र जब सबै व्यक्तिले एक बत्ती जलाउँदछन्, तब ज्योतिको महाशक्तिलाई महसुस गरिनेन्छ जसमा सबै एउटै उद्देश्यका लागि लडिरहेका छन्।

    उनले एक संस्कृत श्लाेक समेत उच्चाहरण गर्दै भने , “उत्साहो बलवान् आर्य, न अस्ति उत्साह परम् बलम्। स उत्साहस्य लोकेषु, न किंचित् अपि दुर्लभम्।” अर्थात, हाम्राे उत्साह, हाम्राे आत्मा भन्दा बड़ी ताकत दुनियामा कुनै दाेस्राे छैन । उनले आफ्नो सन्देशमा, देशवासीहरूलाई अपील गरे कि प्रकाशको शक्तिले कोरोनाको अन्धकारलाई पराजित गर्न आवश्यक छ। त्यो उज्यालोमा त्यो उज्यालोमा हामी दिमागमा संकल्प गरौं कि हामी एक्लो छैनौं, कोही पनि एक्लो छैन। १३० करोड देशवासी समान संकल्पका साथ कटिबद्ध छन्।

    कोरोना संक्रमण रोक्नको लागि भारत गत नौ दिनदेखि लकडाउनमा छ । यो २१-दिन बन्दाबन्दी 14 अप्रिल सम्म लागू हुनेछ । कोरोनाका कारण त्यहाँ छपन्न ज्यान गैसकेको छ भने २ हजार तीन सय संक्रमित छन् जसमा १ सय छपन्न निको भएका भारतीय अनलाइन अमरउजालाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...