News Portal

  • कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

    भक्तपुरपोष्ट संवाददाता२३ चैत २०७६
    ६४९ पटक
    २३ चैत २०७६

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन् । १० दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन् । आइतबार साँझ उनमा ज्वरो आउनेलगायतका कोभिड १९ का लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार उनी अस्पताल भर्ना भएका बीबीसीले जनाएको छ ।उनका डाक्टरको सुझावपछि यो कदम ‘सावधानीको रुपमा’ चालिएको बताइएको छ।

    सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने ठानिएको छ। उपचारका लागि अस्पताल पुगेका जोनसन रातभरि अस्पताल नै बस्ने ठानिएको छ।

    प्रधानमन्त्री अस्पतालमा हुने परीक्षणलाई नियमित परीक्षणका रुपमा व्याख्या गरिएको छ।  ‘चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ।’डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो।’

    प्रधानमन्त्री कार्यालयकी प्रवक्ताले थपिन्, ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका सबै कर्मचारीहरूलाई उनीहरूको कडा परिश्रमका लागि धन्यवाद दिएका छन् र सर्वसाधारणलाई घरभित्रै सुरक्षित बस्न सरकारले दिएको सुझाव मान्न पनि भनेका छन् ।’

    मार्च २७ तारिखमा उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको घोषणा भएयता जोनसनले निवासमै बसेर काम गर्दै आएका थिए। उनी पछिल्लो पटक बिहीवार डाउनिङ्ग स्ट्रीटको आफ्नो फ्ल्याटमा देखापरेका थिए । त्यतिबेला एनएचएस र त्यहाँका मुख्य कामदारको ताली बजाएर उनले प्रशंसा पनि गरे । उनले कोरोनाभाइरससम्बन्धी बैठकमा पनि घरमै बसेर सहभागिता जनाएका थिए।

    शुक्रवार ट्वीटरमा एउटा भिडिओ पोष्ट गर्दै उनले आफूमा अझै पनि सामान्य लक्षणमात्रै देखिएको बताएका थिए । ‘मेरो तापक्रम अझै पनि उस्तै छ। त्यसैले सरकारको सल्लाह अनुसार मैले अझै यो लक्षण नजाँदासम्म आफैँ एक्लिएर बस्ने कामलाई जारी राख्नुपर्छ,’ उनले भने, ‘तर भाइरसलाई पराजित गर्नका लागि हामी स्पष्ट रुपमा पूरै समय काम गरिरहेका छौं।’

    शनिवार उनकी प्रेमिका क्यारी सिमोन्ड्जले मुख्य लक्षणहरू सहित आफूले एक साता ओच्छ्यानमै बिताएको भनेर ट्वीट गरेकी थिइन् ।  उनले आफूमा भाइरसको परिक्षण नभएको पनि बताएकी छन्। ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई पनि कोरोनभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो।

    महारानी एलिजावेथले कोरोनाभाइरसको महामारीविरुद्धको लडाइ यूकेले जित्ने बताएको केहीबेर पछि प्रधानमन्त्री जोनसन अस्पताल भर्ना भएको समाचार आएको हो।

    प्रतिकृया दिनुहोस्

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...

    सर्वोत्कृष्टतामा भक्तपुर अस्पतालको ह्याट्रिक

    भक्तपुर अस्पताल कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहरिएको छ ।  बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल कार्यसम्पादनमा...

    यस्ता छन् ओली सरकारका सय दिने उपलब्धी (पूर्णपाठ)

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेकाे अवसरमा प्रगति विवरण सार्वजनिक...

    मन्त्रीको जिल्लामा कमजोर कार्यसम्पादन, ललितपुर प्रथम हुँदा भक्तपुर सातौँ

    बागमती प्रदेश अन्तर्गतका जिल्लास्थित जनस्वास्थ्य कार्यालयमध्ये ललितपुर प्रथम भएको छ । गत आर्थिक वर्षको कार्यसम्पादन...

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...