News Portal

  • कोरोना भाइरसका कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो, २८ लाख सङ्क्रमित

    भक्तपुरपोष्ट संवाददाता१४ वैशाख २०७७
    ९१४ पटक
    १४ वैशाख २०७७

    विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या २८ लाखभन्दा बढी रहेको उसको तथ्याङ्कमा उल्लेख छ।

    संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५० हजार नाघेपछि विश्वभरिको पछिल्लो विवरण आएको हो। अमेरिकामा कोरोनाभाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ।

    चिनियाँ सरकारकी सञ्चारमाध्यममा अनुसार देशमा कोरोनाभाइरससँग सम्बन्धित पहिलो मृत्यु ज्यानुअरी ११ तारिखमा भएको थियो । त्यसयता २१० भन्दा बढी देश तथा भूभागमा कोरोनाभाइरससँग सम्बन्धित मृत्युका घटना भएका छन्।

    पाँचवटा देशले कोरोनाभाइरसका कारण अहिलेसम्म आ-आफ्नो देशमा २० हजारभन्दा बढी व्यक्तिहरूको ज्यान गएको जनाएका छन् । संयुक्त राज्य अमेरिका, इटली र स्पेनमा सबैभन्दा बढी मृत्युका घटना देखिएका छन्। ब्रिटेनको स्वास्थ्य मन्त्रालयले शनिवार घोषणा गरे अनुसार त्यहाँका अस्पतालहरूमा कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या २० हजारभन्दा बढी छ।

    यूकेको दैनिक तथ्याङ्कमा घर र स्याहार केन्द्रमा हुने मृत्युका घटनालाई नसमेट्ने भएकोले कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या बढी हुने निश्चितप्रायः छ । स्याहार केन्द्रमा हुने मृत्युलाई पनि समेट्ने गरेको फ्रान्सले शनिवार मृतकको सङ्ख्या ३६९ ले बढेको बताए । मार्च महिनाको शुरूयता फ्रान्समा कोरोनाभाइरसका कारण २२,६१४ जनाको ज्यान गइसकेको छ।

    स्वास्थ्य अधिकारीहरूका अनुसार अस्पतालहरूमा मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या घट्दो क्रममा छ र अस्पतालका सघन उपचार कक्षमा भर्नाहरूको सङ्ख्या लगातार १७ औँ दिन घट्दो क्रममा देखिएको छ।

    यसै हप्ताको शुरूतिर डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड-१९ बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका थिए। पश्चिम युरोपका धेरैजसो ठाउँमा सङ्क्रमण स्थिर हुन वा घट्न लागेको देखिएको पनि केही देशमा यो बल्ल शुरू हुने अवस्थामा रहेको उनले बताएका थिए। उनले भने, “केही गल्ती नगरौँ- हामीले अगाडिको धेरै लामो बाटो तय गर्नुछ। भाइरस हामीहरूसँग लामो समयसम्म रहनेछ।” विविसीबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...