News Portal

  • कोरोना भाइरस चीनबाट फैलिएको कुनै प्रमाण नभएको अमेरिकी सेना प्रमुखको भनाइ

    भक्तपुरपोष्ट संवाददाता२४ वैशाख २०७७
    १०७४ पटक
    २४ वैशाख २०७७

    काठमाडौं । आफ्ना राष्ट्रपति र विदेशमन्त्रीले कोरोना भाइरसबारे चीनलाई लगाइरहेको आरोपविपरीत अमेरिकाका सेना प्रमुखले यसबारे कुनै प्रमाण नभएको बताएका छन्।

    अमेरिकी सेनाका प्रमुख जनरल मार्क माइलेले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको भन्ने सबै आशंका र अनुमान गलत भएको बताएका हुन्।

    ‘कोरोनाभ भाइरस वुहानको प्रयोगशालाबाट उत्पादन गरिएको हो? अथवा जंगली जनावरको बजारबाट उत्पन्न भएको हो?,’ मंगलबार पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै जनरल मार्क विलेले भने, ‘यी प्रश्नको एक मात्र उत्तर हो- हामीलाई थाहा छैन।’

    दुई दिनअघि मात्र अमेरिकी विदेश सचिव माइक पोम्पिओले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको आरोप लगाउँदै त्यसका पर्याप्त प्रमाण रहेको दाबी गरेका थिए।

    यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चीनविरुद्ध पटपपटक यस्तै आरोप लगाइसकेका छन्।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...