News Portal

  • असान्जमाथि अभियोग बढाउँदै अमेरिका

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ असार
    ९६२ पटक
    भक्तपुर, ११ असार

    अमेरिकी न्याय विभागले विकिलिक्सका संस्थापक जुलियन असान्जले ह्याकर्स नियुक्त गरी अमेरिकी संवेदनशील कम्प्युटर प्रणालीभित्र सम्पर्क कायम गरेको प्रमाण आफूसँग भएको नयाँ अभियोग लगाएको छ।

    असान्जमाथि यसअघि नै अमेरिकाले १८ वटा अभियोग लगाइसकेको छ र पछिल्लो अभियोग अतिरिक्त अभियोग नभए पनि यसअघिका मुद्दालाई थप बल पु¥याउनेतर्फ केन्द्रित छ।

    न्याय विभागले अद्यावधिक गरेको अभियोगमा असान्जले लल्जसेक र एनोनिमस ह्याकर समूहका मानिसलाई अमेरिकी गुप्तचर सामग्रीमा सम्पर्क स्थापित गर्न प्रयोग गरेको उल्लेख छ।

    न्याय विभागले जारी गरेको वक्तव्यमा विकिलिक्सले एउटा नेटो मुलुकको सरकारी कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच हासिल गरेको उल्लेख छ।

    असान्जमाथि अफगानिस्तान र इराकमा अमेरिकी सैन्य कारबाहीका गोप्य दस्ताबेजहरु सन् २०१० मा सार्वजनिक गरेको आरोप छ। अमेरिकाले असान्जको यो कार्य अमेरिकी गुप्तचर ऐन विपरीत रहेको भन्दै असान्जमाथि अमेरिकामा मुद्दा चलाउन चाहेको छ।

    अमेरिकाले ४८ वर्षीय अस्ट्रेलियाली नागरिक असान्जले अमेरिकी गुप्तचर विश्लेषक चेल्सी म्यानिङ मार्फत अमेरिकी गोप्य सूचना चोरेको आरोप लगाइरहेको छ।

    विकिलिक्सले बुधबार ट्वीट गर्दै अमेरिकी न्याय विभागले जुलियन असान्जमाथि जबर्जस्ती मुद्दाहरु बनाउँदै लगेको बताएको छ।

    असान्ज हाल दक्षिण लन्डनको सुरक्षा व्यवस्था निकै कडा रहेको बेलमार्श कारागारमा छन्। उनलाई अमेरिका सुपुर्दगी गर्ने विषयमा हाल बेलायती अदालतमा मुद्दा चलिरहेको छ।

    उनले सन् २०१२ मा लन्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिएका थिए। तर उनलाई गत वर्ष बेलायत प्रहरीले राजदूतावासबाट निकालेर जेलमा राखेको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...