News Portal

  • गुण्डा नाइके विकास दुबे इन्काउन्टरमा मारिए

    इभक्तपुर संवाददाता२६ असार २०७७
    ११५१ पटक
    २६ असार २०७७

    काठमाडौं । भारतको कानपुरमा प्रहरी इन्काउन्टरमा गुण्डा नाइके विकास दुबेको मृत्यु भएको छ । उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले दुबेलाई उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला सवारी दुर्घटना भएको थियो ।

    दुर्घटनापछि हतियार खोसेर भाग्ने प्रयास गरेका दुबेको प्रहरी कारबाहीमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी घाइते भएका छन्। दुबेले घाइते प्रहरीको हतियार खोसेर भाग्न खोजेका थिए।

    त्यस क्रममा प्रहरीले उनलाई घेरा हालेको थियो । आत्मसमर्पण गर्न आग्रह गरे पनि विकासले फायरिंग सुरु गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले पनि फायरिंग गरेको र गोली लागेर गम्भीर घाइते भएका दुबेको मृत्यु भएको जनाइएको छ । कानपुर आठ जना प्रहरीको हत्याका मुख्य अभियुक्त दुबेलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...