अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओ लगायत केही उच्च नेताहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको एक साता नबित्दै चीनले पनि केही उच्च अमेरिकी अधिकारीहरूलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
चीनले टेड क्रुज, मार्को रुबियो, रिलिजियस फ्रिडमका स्यामुल ब्राउन लगायतलाई चीन प्रवेशमा प्रतिबन्ध लगाएको हो । उनीहरुले आन्तरिक मामिलामा हस्तक्षेप गरेको चीनको आरोप छ ।
चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी समेत दिएको छ ।