News Portal

  • रुस चीनविरुद्धको गठबन्धनमा सहभागी नहुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० साउन
    ९८२ पटक
    भक्तपुर, १० साउन

    रुसले चीनसँग सम्बन्ध राम्रो रहेको प्रष्ट पार्दै चीनविरुद्ध बनाइने अन्तराष्टिय गठबन्धनमा सहभागी नहुने जनाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले यसबारे प्रष्ट पारेका हुन् ।

    अमेरिकाले चीनविरुद्ध नयाँ गठबन्धन बनाउन आह्वान गरेको भोलिपल्टै रुसले त्यसको जवाफ दिएको हो । शुक्रबार क्रेमलिनमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै दमित्री पेस्कोवले चीनसँग रुसको सम्बन्ध राम्रो रहेको बताए । ‘चीन हाम्रो साझेदार हो,’ नियमित पत्रकार सम्मेलनमा पेस्कोवले भने, ‘रुस र चीनले विशेष साझेदारीको सम्बन्ध विकास गरेका छन्।’ सम्बन्ध विकास र आपसी हितका लागि मात्रै रुस कुनै पनि गठबन्धनमा सहभागी हुने पेस्कोवले बताए।

    बिहीबार अमेरिकी विदेशमन्त्री माइक पम्पिओले चीनलाई काउन्टर दिन ‘नयाँ गठबन्धन’ बनाउन आह्वान गरेका थिए । अमेरिकाको क्यालिफोर्नियास्थित रिचर्ड निक्सन प्रेसिडेन्सियल लाइब्रेरीमा बोल्दै पम्पिओले उक्त आह्वान गरेका हुन् । उनी सो क्रममा चीनविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...