News Portal

  • अन्योल अन्त्य गर्दै पूर्वराजा यूएईमा रहेको स्पेनी राजदरबारद्वारा पुष्टि

    ८७६ पटक

    स्पेनका पूर्व राजा ख्वान कार्लोस अगस्ट ३ तारिखदेखि संयुक्त अरब एमिरेट्स (यूएई ) मा बसिरहेको स्पेनको राजदरबारले पुष्टि गरेको छ । देश छाडेर हिँडेका उनी कहाँ छन् भन्नेबारे विभिन्न अड्कलबाजी चलिरहेको थियो ।
    भ्रष्टाचारसमन्बन्धी एउटा अनुसन्धानकाबीच कार्लोसले अगस्ट ३ तारिखमा देश छाड्न लागेको अप्रत्याशित घोषणा गरेका थिए । राजदरबारका एकजना प्रवक्ताले ८२ वर्षीय पूर्वराजा अगस्ट ३ तारिखमा यूएई गएको र उनी त्यहीँ रहेको जानकारी दिए ।

    अस्वीकार
    एउटा ठूलो भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा उनी जोडिएका छन् । र, उनको सम्पत्तिमाथि अध्ययन भइरहेको छ ।
    उनले भने आफूले कुनै पनि गलत काम नगरेको बताउँदै आएका छन् ।
    यो महिनाको सुरुमा उनेले आफ्ना छोरा फेलीपे षष्टमलाई पत्र लेखेर देश छाड्ने घोषणा गरेका थिए । ६ वर्षअघि उनले फेलीपेलाई गद्दी हस्तान्तरण गरेका थिए । सुरुमा उनले डोमेनिक रिपब्लिक जाने खबर आएको थियो तर स्पेनीश सञ्चार माध्यमहरूले पछि उनी यूएईको राजधानी आबुधावीमा अवतरण गरेको उल्लेख गरेका थिए । अहिलेसम्म सरकार वा राजदरबार कसैले पनि उनी कहाँ छन् भन्ने प्रस्ट पारेको थिएन ।

    देश किन छाडे ?
    ख्वान कार्लोसले सन् २०१४ मा करिब ४० वर्ष देखिको लामो सिंहासन त्याग गर्दै छोरा फेलीपेलाई शक्ति हस्तान्तरण गरेका थिए । स्पेनको सर्वोच्च अदालतले गत जुन महिनामा साउदी अरेबियामा एउटा हाइपीड रेलको ठेक्काका विषयमा कार्लोसको कथित संलग्नताबारे अनुसन्धान अघि बढाएको थियो ।
    उनले सन् २००८ मा विदेशी खातामार्फत् साउदी अरबबाट १० करोड डलर प्राप्त गरेको समाचार सार्वजनिक भएको थियो । अनुसन्धानकर्ताहरूलाई आवश्यक परेमा आफू सोधपुछको निम्ति उपलब्ध हुने कार्लोसले बताएका छन् । दक्षिणपन्थी तानाशाह फ्रान्सिस्को फ्रान्कोको सन् १९७५ मा निधन भएपछि ख्वान कार्लोसले गद्दी आरोहण गरेका थिए।
    स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म डोर्‍याउने श्रेय कार्लोसलाई दिइन्छ । त्यसैले संवाददाताहरू भन्छन्, यो उनको अपमानजनक बहिर्गमन हो । बीबीसी

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...