भारत, १४ असोज । हाम्रो गाँउमा पानीको यति समस्या छ कि बालिकाहरू पाँच–छ वर्ष हुने बित्तिकै सानोसानो भाँडोमा पानी भरेर ल्याउन थाल्छन् । म स्वयंले ८ वर्षको उमेरदेखि यसरी पानी भर्न सुरू गरेको थिए ।
यो भनाइ भारतको मध्यप्रदेश राज्यको अगरौठा गाँउका सयौं महिलाहरूसँग मिलेर एउटा पहाड काट्दै पानीका लागि १ सय ७ मिटर लामो बाटो बनाउने १९ वर्षीया बबिताको हो ।
भारतीय राज्य मध्यप्रदेशको छतरपुर जिल्लाको अगरौठा गाउँमा पानीको समस्या यति गम्भीर छ कि गर्मीको मौसममा २ हजार मानिसको बसोबास रहेको यो गाउँका मानिसहरू दुई या तीन ह्यान्डपम्पमा निर्भर हुनुपर्छ ।
ुहाम्रो गाउँमा पानीको समस्या यति छ कि तपाईं कहिले आउनुभयो भने घण्टौंपछि पानी पाइने दृश्य देख्नुहुनेछ । कम पानीका कारण खेती हुन पाउँदैन । पशुलाई पनि पानी चाहिन्छ । धारामा कयौं पटक गालीगौलचसहितको झगडा हात हालाहालसम्म पुग्छु, बबिताले भनिन् ।
यहाँको समस्या
यो कथा पानीको समस्याको मात्र होइन । यो कथा यहाँका महिलाको कठिनाइमाथि जितको कथा पनि हो ।
पानीको संकटबाट जुधिरहेका भारतका अन्य गाउँहरू जस्तै यहाँका महिलाहरूले पानीकै कारण घरेलु हिंसा सहनुपर्छ । यसको साथमा केटीहरूको सानो उमेरमा विवाह हुने र स्कूल छोड्नुपर्नु बाध्यतामा पनि यहाँको जलसंकटको भूमिका रहेको मानिन्छ ।
ुहामी यहाँ चार बजे उठेर पानीको लाइनमा लाग्नुपर्छ र धारामा १२ बजेसम्म आफ्नो पालोका लागि बस्नुपर्छ । यसपछि घर आएर खाना खाएर साँझ फेरि एकपटक पानी ल्याउने कोशिसमा लाग्नुपर्छु, बबिताले भनिन्, कयौंपटक महिलाले आफ्ना पति र सासुबाट प्रताडनाको सामना गर्नुपर्छ किनकी जब महिलाहरू पानी भर्न धारामा जान्छन् तब उनीहरूको अन्य महिलासँग झगडा गर्छन्, यस कारणले उनीहरूले आफ्नो घरमा कयौं प्रश्नहरूको सामना गर्नुपर्छ ।
यस्तोमा बबितासमेत यहाँका अन्य महिलाको कसरी पहाड काटेर पानीको ल्याउने फैसला गरे त ?
ुयो सबै त्यति सजिलो थिएन । हामी सबै पानी आएपछि हाम्रो काम बन्नेछ भनेर सोच्थ्यौं । पानी ल्याउने अभियानकर्मीहरू हाम्रो घर आएर हामीलाई पानी कसरी ल्याउन सकिन्छ भनेर सम्झाए तब हामीलाई पनि यो सकिन्छ जस्तो लाग्यो । केही समस्याहरू भए तर अन्तमा सबैजना साथ दिन आए र यो काम भयोु, बबिताले भनिन् ।
यो गाउँको रंग फेर्न यस गाँउका महिलासँगै प्रवासी मजदुरहरूको पनि योगदान छ । ती मजदुरहरू यस कामका लागि गाँउमा कयौं दिनसम्म पैदल हिँडेर आएका थिए ।
पानी लेराउ अभियानका मानवेन्द्र सिंहले यो काममा चार–पाँच दिन पैदल हिँडेर आएका ती मानिसहरूको पनि भूमिका रहेको बताउँछन् ।
ुकोरोना लकडाउनपछि अप्रिल र मे महिनामा महिलाहरूले पानी ल्याउने अभियानका संयोजक मानवेन्द्रसँग मिलेर पहाड काटे र आफ्नो गाउँमा पानी पु¥याउने काम गरे । हामीले यी मानिसहरूलाई नरेगा अन्तरगत भुक्तान गर्ने सोचेका थियौं तर यी मानिसहरूले आफ्नो तहमा नै काम गरे । यसका लागि हाम्रोतर्फबाट शुभकामना छु, जिल्लाका प्रमुख कार्यपालक अधिकारी अजय सिंहले भने ।
कति कठिन थियो यो काम ?
अगरौठा गाउँको पृष्ठभूमि हेर्ने हो भने यहाँको धेरैजसो क्षेत्र पठार छ । करिब सय फिटको गहिराइमा पानी भेटिन्छ । तर ध्यान दिनुपर्ने कुरा के छ भने यहाँ कुवा खन्नु मौदानी भागको तुलनामा एकदमै कठिन छ ।
यो क्षेत्रमा देखिएको पलायनता, सुख्खा र गम्भीर जलसंकटलाई हेर्दै केन्द्रीय सरकारले आफ्नो दोश्रो कार्यकालमा मध्य प्रदेश सरकारलाई ३ हजार ६ सय करोड भारूको प्याकेज दिएको थियो ।
यो प्याकेज अन्तरगत जल संरक्षणका सबै योजनाहरू पूरा गर्नुपर्ने थियो ।
ुबुन्देलखण्ड प्याकेज अन्तरगत यस गाउँमा ४० एकडको एउटा तलाउ बनाइएको थियो, जुन जंगलसँग जोडिएको थियो । तर यो तलाउमा पर्याप्त पानी आउने कुनै बाटो थिएन । जबकी जंगल क्षेत्रको एउटा ठूलो भूभागको पानी बछेडी नदी भएर जान्थ्यो । यस्तोमा जंगलको पानीलाई कसरी तलाउसम्म ल्याउने भन्ने थियो, जुन सजिलो काम थिएनु, मानवेन्द्रले भने ।
ुधेरै समय विचार विमर्श गरेपछि जति पानी पहाडबाट तलाउसम्म ल्याउन सकिन्छ त्यही ल्याउने भन्ने भयो । त्यसपछि मानिसहरूले आफै तलाउसम्म पानी ल्याउने जिम्मा लिए र पानी ल्याइछाडे, उनले भने ।
पछिल्ला दिनमा यो क्षेत्रमा पानी प¥यो र उनीहरूले बनाएको बाटो हुँदै आएको पानीले तलाउ भरियो । पानी भरिएकाले तत्कालका लागि यहाँका मानिसहरूको जलसंकट टरेको छ । उनीहरूलाई राहत मिलेको छ ।
यो कामले बबिताको जीन्दगीमा एउटा महत्वपूर्ण परिवर्तन आएको छ ।
अब गाउँका मानिसले उनलाई सम्मान गर्न थालेका छन् । मानिसहरू बबिताजी भनेर बोलाउँछन् र भन्छन्, तपाईंले राम्रो काम गर्नुभयो ।
यो सुन्दा बबितालाई आनन्द लाग्छ । उनलाई केही राम्रो काम गरेको लाग्छ ।
ुतर साँच्चिकै भन्नुपर्दा हामीलाई यस्तो हुन्छ भन्ने कहिले विश्वास थिएनु, बबिताले भनिन् । एजेन्जी