News Portal

  • संक्रमण बढेपछि स्पेनले दियो राजधानी मड्रिडमा लकडाउनको आदेश

    ११५४ पटक

    एजेन्सी । स्पेनको सरकारले कोरोना संक्रमण बढेको भन्दै राजधानी शहर मड्रिड र आसपासका क्षेत्रमा लकडाउन गर्ने आदेश दिएको छ ।

    लकडाउनका नयाँ प्रतिबन्ध अनुसार त्यहाँका बासिन्दाहरूलाई अत्यावश्यक बाहेकका अवस्थामा हिँडडुल गर्न पूर्णरूपमा निषेध गरिएको छ ।

    यध्यपी मड्रिडको क्षेत्रीय सरकारले लकडाउन कानुनीरूपमा मान्य नभएको बताएको छ ।

    स्पेनमा बितेका सातामा भेटिएका १ लाख ३३ हजार ६ सय ४ जना संक्रमितमध्ये झण्डै एक तिहाई बृहत्तर मड्रिड क्षेत्रबाट रहेका छन् ।

    बुधबार स्पेनका अधिकाशं क्षेत्रीय सरकारले १ लाख भन्दा बढी बासिन्दा भएका क्षेत्रमा तीन वटा आधारहरू पुष्टि भए लकडाउन गर्न सकिने पक्षमा मतदान गरेका छन् ।

    क्षेत्रीय सरकारहरू प्रति १ लाख ५ सय संक्रमित फेला परेमा, आईसियूमा विरामीको संख्या ३५ प्रतिशत भएमा र १० प्रतिशतको कोरोना परीक्षण ुपोजेटिभु आएमा लकडाउन गर्न सकिनेमा सहमत भएका हुन् ।

    राजधानी मड्रिडमा हाल संक्रमित संख्या प्रति लाख ७ सय ८० छ जुन तय गरिएको आधारभन्दा बढी हो । यध्यपी प्रतिबन्धहरू कहिलेबाट लागु हुनेछ भन्ने बारेमा अहिले केही स्पष्ट छैन ।

    लकडाउन अन्तरगत मड्रिड क्षेत्रका सीमाहरू आगन्तुकहरूका लागि अत्यावश्यक बाहेकका अवस्थामा बन्द गरिनेछ । मानिसहरूलाई काम, चिकित्सककोमा जान र किनमेलका लागि अनुमति दिइनेछ । खेलस्थल र पार्कहरू भने बन्द हुनेछन् ।

    सामाजिक जमघटलाई ६ जनामा सिमित गरिनेछ।

    विपक्षीको नियन्त्रणमा रहेको मड्रिडको क्षेत्रीय सरकारले भने लकडाउनको पक्षमा मतदान गरेको छैन। उसले लकडाउन कानुनसम्मत नभएको बताएको छ।

    सरकारले लकडाउनको घोषणा गरेपनि त्यहाँको क्षेत्रीय सरकारले लकडाउन नगर्ने विकल्प रोजेको छ। त्यसको सट्टा उसले ४५ वटा आधारभूत स्वास्थ्य क्षेत्रमा प्रतिबन्धहरू लगाएको छ।

    उसका यी कदमहरू पनि विवादमुक्त भने छैनन्।

    यसले शहरका गरिब क्षेत्रलाई प्रभावित बनाएको छ जसका कारण ती क्षेत्रका सयौं मानिसहरू विरोधमा उत्रेका छन्।

    स्पेनको केन्द्रीय सरकारले प्रतिबन्धहरू पर्याप्त नभएको दाबी गरेको छ र उसले शहरमा अनावश्यक हिँडडुल नगर्न सुझाएको छ।

    बितेका केही साताहरूमा स्पेनमा संक्रमणमा उल्लेखनीय वृद्धि देखिएको छ। महामारीका बेला स्पेनमा ३१ हजार ४ सय ११ जना मानिसले कोरोनाका कारण ज्यान गुमाएका थिए भने देशभर ७ लाख ४८ हजार मानिसहरू संक्रमित भएका थिए।

    विश्व स्वास्थ्य संगठनले यसै साताको सुरूमा युरोपियन मुलुकमा संक्रमणमा चिन्ताजनक वृद्धि देखिएको बताएको थियो।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...