News Portal

  • कोलकातालाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

    ८७८ पटक

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । शारजाहमा भएको खेलमा दिल्लीले टस हारेर पहिलो ब्याटिङ गर्दै सिजनको सबैभन्दा ठूलो २ सय २९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटङमा उत्रेको कोलकाताले ८ विकेटको क्षतिमा मात्र २ सय १० रन बनाउन सक्यो ।

    जीतसँगै दिल्ली लिगको शीर्ष स्थानमा पुगेको छ । खेलमा ८८ रन बनाएका दिल्लीका कप्तान श्रेयस अय्यर म्यान अफ द म्याच चुनिए । उनले ३८ बलमा ७ चौका र ६ छक्का हिर्काए । त्यस्तै, पृथ्वी शले ४१ बलमा ६६ रनको योगदान दिए भने रिषभ पन्तले ३८ रन बनाए ।

    जवाफी ब्याटिङमा उत्रेको कोलकाताका लागि नितिष रानाले सर्वाधिक ५८ रनको योगदान दिए । इयोन मोर्गनले ४४ रन बनाए भने राहुल त्रिपाठीले ३६ रनको बनाए । दिल्लीका लागि एनरिच नोर्तजे ले ३ विकेट तथा हर्षल पटेलले २ विकेट लिए ।

    आज मुम्बई र हैदरावाद तथा चेन्नाई र पञ्जाबबीच खेल हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...