News Portal

  • सुशान्त मृत्यु प्रकरणः एम्सको फाइनल रिपोर्टमा कंगनाको आपत्ति

    १२३१ पटक

    एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण सबैका लागि रहस्य बनेको छ । उनका परिवार, साथीभाई, केही बलिउडकर्मीदेखि आमदर्शक पनि उनले आत्महत्या गरे कि हत्या भन्‍ने जान्‍न चाहन्छन् ।

    अन्ततः उनको मृत्युको करिब चार महिनापछि कारण सार्वजनिक भएको छ । शनिबार बेलुकी एम्सका फोरेन्सिक विज्ञहरुको टोलीले अन्तिम रिपोर्ट सार्वजनिक गर्दै सुशान्तको हत्या नभई आत्महत्या भएको खुलाएको छ । एम्सको रिपोर्ट सार्वजनिक भएसँगै सुशान्तको मृत्युको पहिलो दिनदेखि उनको न्यायको माग गरिरहेकी अभिनेत्री कंगना रनौटले असन्तुष्टि व्यक्त गरेकी छन् ।

    कंगनाले ट्‌विटमा लेखेकी छन्, “एकजना युवा र असाधारण व्यक्ति एकदिन उठ्छ र आफूलाई मार्छ । सुशान्तले भनेका थिए कि उनीमाथि दुव्र्यवहार भइरहेको छ र उनको ज्यान जोखिममा छ । उनले भने कि फिल्म माफियाले उनलाई प्रतिबन्धित र तनाव दियो । उनीमाथि बलात्कारको झुटो आरोप लगाएर मानसिक रुपमा प्रभावित गरिएको थियो । ह्‍यासट्याग एम्स ।”

    यस्तै कंगनाले अर्काे ट्‌विटमा एम्सलाई प्रश्‍न गर्दै लेख्छिन्, “पछिल्लो विवरणका साथै हामीलाई केही अरु प्रश्नहरुको उत्तर चाहिन्छ । १. सुशान्तले ठूला चलचित्र निर्माण कम्पनीहरुले उनलाई प्रतिबन्ध गरेको कुरा धेरैचोटि भनेका थिए । ती व्यक्तिहरु को–को हुन् जसले उनीविरुद्ध षड्यन्त्र रचे । २. सञ्चारमाध्यले उनी बलात्कारी भएको गलत समाचार किन फैलाए ? महेश भट्ट किन आफ्नै मनोविश्लेषण गरिरहेका थिए ?”

    सुशान्तको मृत्युको अन्तिम रिपोर्ट सार्वजनिक गर्दै एम्सका फोरेन्सिक हेड डा। सुधीर गुप्ताले भनेका थिए, “यो पूर्ण रुपमा आत्महत्या र फाँसी लगाइएको भन्‍ने विषयको हो । सुशान्तको शरीरमा झुन्‍डिएको बाहेक कुनै चोटपटक थिएन । शरीरमा कुनै विषाक्त वा विषाक्त पदार्थ पनि भेटिएन । घाँटीमा भएको दाग झुन्डिएका कारण भएको हो ।”

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...