News Portal

  • कस्तो छ अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो स्वास्थ्य अवस्था ?

    ९०९ पटक

    एजेन्सी । कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार आएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार संक्रमणको सुरुको अवस्थामा उनको रगतमा अक्सिनको स्तर २ पटक खस्किएपनि अहिले भने सुधार भैरहेको छ । राष्ट्रपति ट्रम्पलाई शुक्रबारदेखि ज्वरो आएको छैन र स्वास्थ्य स्थितिमा पनि क्रमिक सुधारको संकेत देखिएको छ । चिकित्सकहरुकाअनुसार ट्रम्पलाई रेमडेसिविरको दोश्रो डोज दिएपछि कलेजो र मृगौलाले सामान्य ढंगले काम गरिरहेका छन् । सोमबार उनी अस्पतालबाट डिस्चार्ज हुने सम्भावना रहेको छ ।

    ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोजका अनुसार राष्ट्रपति ट्रम्पको अवस्था सुरुमा निकै खराब थियो । त्यसबेला ट्रम्पलाई ज्वरो आएको र रगतमा अक्सिजनको स्तर पनि तिब्र रुपमा तल झरेको थियो । उनले भने– ‘त्यसपछि हामी निकै दुःखी भयौं, त्यसगत्तै डाक्टरले उनलाई अस्पताल जान सल्लाह दिए ।’ यद्यपि, अहिले भने उनको शरीरमा अक्सिजनको लेवलमा सुधार आइरहेको छ । राष्ट्रपति ट्रम्पको उपचार मेरिल्यान्डको आर्मी अस्पतालमा भैरहेको छ । शुक्रबार राती अस्पताल भर्ना हुन जाँदा उनले भनेका थिए, ‘मलाई मेरो शरीर अस्वस्थ भएको महसुस भैरहेको छ, राम्रो महसुस गरेको छैन ।’

    उनकी पत्नी मेलानिया भने ह्वाइट हाउसमै क्वारेन्टिमा रहेकी छिन् । छोरी इवान्का र ज्वाइँ जारेड कुसनरको रिपोर्ट भने नेगेटिभ आएको छ । राष्ट्रपति ट्रम्पले शनिबार राती अस्पतालबाट एक भिडियो सन्देश जारी गर्दै भनेका थिए, ‘म अहिले आफुलाई ठिक महसुस गरिरहेको छु । एक वा दुई दिनमा के हुन्छ हेरौं । मलाई लाग्छ, त्यसपछि अवस्था थप प्रष्ट हुन्छ ।’ उनले सन्देशमा आफुले अहिले निकै स्वस्थ्य महसुस गरेको र चाँडै काममा फर्किन सक्षम हुने जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...