News Portal

  • इजिप्टमा पनि मीटूः २२ वर्षकी नदीनले सुरु गरिन् अभियान, यौन शोषण गर्नेलाई पुर्‍याइन् जेल

    ७१६ पटक

    एजेन्सी । इजिप्टकी २२ वर्षकी नदीनन अशरफ महिलाको आत्म–सम्मान र गौरवको प्रतिक बनेकी छिन् । काहिराकी अमेरिकन युनिभर्सिटीमा फिलोसफीकी यी छात्राले विश्वविद्यालयमा यौन उत्पीडन गर्नेविरुद्ध ‘ह्याशट्याग मीटू अभियान’ मात्रै सुरु गरिनन्, उनलाई जेलमा पुर्याएर समाजिक परिवर्तनको उदाहरण पनि बनिन् ।

    सोसल मिडियामा नयाँ पेज बनाएर अभियान सुरु गरिन्

    नदीन भन्छिन्, ‘जुलाईमा मैले एउटा सोसल मिडिया प्लेटफर्ममा एउटा पोस्ट देखेकी थिएँ जसमा विश्वविद्यालयका एक विद्यार्थीमाथि यौन शोषणको आरोप लागेको थियो । उनी धनाढ्य परिवारका थिए । अचानक उनको पोस्ट गायब भएको थियो । ती व्यक्तिले यौन शोषण गरेपछि पीडितलाई ब्ल्याकमेल पनि गर्दथे भन्ने आरोप लागेका कारण कुनै स्पष्टिकरण बिना नै उक्त पोस्ट डिलिट किन गरियो भनेर मैले अनुमान गर्न सकेकी थिएँ ।’

    उनी थप्छिन्, ‘म यति आक्रोशित भएकी थिएँ कि म रातभरी जागा भएर अर्को एक प्लेटफर्ममा ‘असाल्टपोलिस’ को नामको उउटा पेज बनाएँ । यसमा ती व्यक्तिको नामका लागेको आरोपको विवरण राखिदिएँ । उनको नाम अहमद बसम जकी थियो । मैले उनको फोटोसहित उनको कुकृत्यको विवरण पनि राखिदिएँ । यी व्यक्ति १० कक्षामा हुँदादेखि नै यौन शोषण गर्दै आएको थियो । तर कुनै पीडितले यसबारे मुख खोल्ने बित्तिकै उनले उनको मुख बन्द गरिदिन्थे । म यो रोकिदिन चाहन्थेँ । ’

    ‘यो पोस्टको जवाफमा मैले सयौं सकारात्मक नोटिफिकेशन र करिब ३० महिलाको सन्देश पनि पाएँ जसले जकीको शिकार भएको कुरा स्विकारे । र यसरी नै मीटू अभियानको सुरुवात भयो । हप्तादिन भित्रै मेरो पेजमा ७० हजार फलोअर्स आइसकेका थिए । यस्ता कहानीको बाढी आइसकेको थियो जसको आशय यो थियो कि इजिप्टकी महिला यौन शोषण र बेइज्जतीसँग आजित भइसकेका छन् ।’

    उनी थप्छिन्, ‘यसैबीच मैले ६ वर्ष अघि पाँच युवकद्वारा एक महिलामाथि पाँचतारे होटलमा गरिएको दुष्कर्मको जानकारी पनि पेजमा राखिदिएँ । यसका आरोपी पनि पक्राउ भए । मैले धम्की पनि पाएँ । केही दिन अघि मैले थाहा पाएँ कि कतिले मेरो पहिचान उजागर गरिरहेका छन्, त्यसैले मैले आफैले आफ्नो परिचय दिने निर्णय गरेँ । यदि नराम्रा मानिसहरुलाई म को हुँ भनेर थाहा हुन्छ भने राम्रो मानिसहरुले पनि त थाहा पाउनुपर्यो कि म को हुँ । यसैमा मेरो सुरक्षा निहित छ ।’

    अभियानको उद्देश्यः महिलालाई उनको अधिकारको जानकारी होुस्

    नदीन भन्छिन्, ‘मेरो अभियानको उद्देश्य यतिमात्रै हो कि महिलालाई उनीहरुको अधिकारबारे जानकारी होस् । म ११ वर्षको हुँदा लन्ड्रीमा काम गर्ने एक व्यक्तिले मलाई गलत तरिकाले छुने प्रयास गरे । त्यतिबेला ममाथि के भइरहेको थियो भनेर थाहा थिएन तर अहिले थाहा भइरहेको छ कि त्यति सानो उमेरमा पनि म यौन शोषणको शिकार भएकी थिएँ । ’

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...