News Portal

  • ट्रम्पमा पछिल्लो २४ घण्टादेखि भाइरसको कुनै लक्षण छैनः डाक्टर

    ७३८ पटक

    एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका डाक्टरले उनलाई पछिल्लो २४ घण्टामा कोभिडको कुनै पनि लक्षण नदेखिएको र पछिल्लो चार दिनेदेखि ज्वरो पनि नआएको जानकारी दिएका छन् ।

    डाक्टर सीन कानलेले राष्ट्रपतिलाई शुक्रबार अस्पताल लगेपछि अतिरिक्त अक्सिजनाको आवश्यकता नपरेको बताएका छन् । उनलाई सोमबार अस्पतालबाट छुट्टी दिइएको थियो ।

    ट्रम्पले भने, ‘उनी निकै राम्रो महसुस गरिरहेका छन् र ह्वाइट हाउसका अनुसार उनी कामका लागि ओभल अफिस आउन थालेका छन् ।’

    यो खबर यस्तो समयमा आएको हो जब महत्वपूर्ण ‘भाइस प्रेसिडेन्सियल डिबेट’ हुने तयारीमा छ ।

    बुधबारको डिबेट माइक पेन्स र कमला ह्यारिसबीच हुँदैछ । यो डिबेटमा सबैको नजर टिकेको छ ।

    डोनल्ड ट्रम्प र उनका डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाइडनबीच २९ सेप्टेम्बरमा भएको पहिलो प्रेसिडेन्सियल टिभी डिबेट चर्चामा रह्यो । त्यसमा नीतिमाथि कम कुरा भयो भने एक–अर्काबीच आरोप–प्रत्यारोप र अपमान गर्ने काम बढी भयो । राष्ट्रपति चुनाव ३ नोभेम्बरमा हुँदैछ ।

    ताजा स्वास्थ्य रिपोर्टमा के छ ?

    डा. कनलेको रिपोर्टमा भनिएको छ, ‘ट्रम्पको शारीरिक परीक्षण सामान्य रह्यो र अक्सिजन सेचुरेशन र रेस्पिरेटरी रेट स्थिर छ ।’

    रिपोर्टमा भनिएको छ, ‘अक्टोबर ५ मा उनको शरीरमा सार्स–कोव–२ आइजीजी एन्टिबडी भेटियो ।’

    उनले भने, ‘हामीले उनको स्वास्थ्यमाथि निकट निगरानी गरिरहेका छौं, थप केही जानकारी प्राप्त भए तपाईंहरुलाई जानकारी दिनेछु ।’

    राष्ट्रपति ट्रम्प अस्पतालबाट फर्किएपछि र उनका थप एक निकटका सहयोगीलाई कोभिड–१९ भएको खबर आएपछि ह्वाइट हाउसमा नयाँ सरक्षा उपाय अपनाइएका छन् ।

    राष्ट्रपति ट्रम्प बुधबार दिउँसो ओभल अफिस पुगे, जहाँ उनलाई अधिकारीका अनुसार मेक्सिकोको खाडीमा डेल्टा आँधी र अर्थव्यवस्थाका लागि प्रोत्साहन प्याकेजमा डेमोक्रेट्ससँग ताजा कुराकानीको जानकारी दिइयो ।

    अस्पतालबाट फर्किएपछि ट्रम्प घरबाट काम गर्नुको साटो ओवल अफिस गइरहेका छन् । साथै देशको नाममा सम्बोधन र चुनाव अभियान पुनः सुरु गर्नेमाथि जोड दिइरहेका छन् र

    यद्यपि, उनका धेरैजसो सहयोगी र कर्मचारीका सदस्य सेल्फ–आइसोलेशनमा छन् ।

    यसअघि चफ अफ स्टाफ मार्क मिडोजले ट्रम्पलाई भेट्ने हरेक व्यक्तिले ‘फूल पिपिई, मास्क, चस्मा लगाउने’ बताएका थिए ।

    खबरका अनुसार ह्वाइट हाउसमा अब धेरै मानिसहरुले मास्क लगाइरहेको देख्न सकिन्छ । ट्रम्पलाई संक्रमण हुनुअघि मास्कलाई खासै महत्व नदिएका कारण विरोधीले ह्वाइट हाउसको आलोचना गरेका थिए ।

    यद्यपि, राष्ट्रपति ट्रम्पलाई भेट्नेहरु थुप्रै मानिसहरुको रिपोर्ट पोजेटिभ आएको खबर प्राप्त भएतापनि ह्वाइट हाउसमा कूल कतिजन भाइरसको चपेटमा आएका छन् भन्ने यकिन जानकारी थाहा छैन ।

    ह्वाइट हाउसमा कम्तिमा ९ कर्मचारीको परीक्षण पोजेटिभ आएको छ तर यो आँकडा अझै बढी हुनसक्ने अनुमान गरिएको छ ।

    बीबीसी

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...