News Portal

  • ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार नाघ्यो

    १२०७ पटक

    एजेन्सी । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ ।

    कोरोना भाइरसबाट धेरै मृत्यु हुने देशमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमणबाट १ लाख ५० हजार भन्दा बढीको व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

    कोरोना संक्रमणबाट अमेरिकामा २ लाख १९ हजार मानिसको मृत्यु भइसकेको छ भने भारतमा १ लाख ८ हजारको मृत्यु भएको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५० लाख ९१ हजार छ । जसमध्ये ४४ लाख मानिस कोरोनामुक्त भइसकेका छन् । ब्राजिलमा राष्ट्रपति जैर बोलसोनारोमाथि कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि विश्व स्वास्थ्य संगठनले तय गरेका मापदण्डहरु पालना गराउन चासो नदेखाएको आरोप छ ।

    दक्षिण अमेरिकामा सबैभन्दा बढी प्रभावित देश ब्राजिलको साउ पाउलो सहर कोरोनाको केन्द्रविन्दु बनेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च महिनामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको थियो । दक्षिण अमेरिकी देशमा धेरै प्रभावित मध्येको अर्काे देश कोलम्बियामा संक्रमणबाट २७ हजार ४९५ जनाको मृत्यु भएको छ । त्यहाँ ८ लाख ९४ हजार मानिस संक्रमित भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...