News Portal

  • चम्किलो छाला चाहनुहुन्छ ? विशेषज्ञले सुझाएका यी फलफूल सेवन गर्नुहोस्

    ७३९ पटक

    एजेन्सी । छाला रोग विशेषज्ञले चम्किलो छालाका लागि केही उत्कृष्ट फलफूलको सेवन गर्न सुझाउँछन् तर यस पछाडिको कारण के होला ? सबैलाई थाहा भएकै कुरा हो कि फलफूल राम्रो औषधी हो । यदि तपाईंले स्वस्थ आहारविहार गर्नुहुन्नँ भने सौन्दर्य प्रशाधनका कुनै पनि उत्पादनले तपाईंको छालालाई चम्किलो बनाउन सक्दैन । छाला शरीरको महत्वपूर्ण अंग भएकोले तपाईंले यसको अत्यधिक हेरचाह गर्नुपर्दछ ।

    आफ्नो छालालाई स्वस्थ राख्नका लागि हामीमध्ये धेरैले विभिन्न उत्पादनको प्रयोग गर्छौं तर त्यसले छालालाई बाहिरबाट मात्रै सुरक्षा दिएको हुन्छ, तपाईंले स्वस्थ खानपिन गर्नुहुन्नँ भने तपाईंको छाला भित्रैबाट बिग्रने गर्छ । फलफूलमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुने भएकाले यसले छालालाई स्वस्थ राख्नुका साथै तपाईंलाई जवान राख्न मद्दत गर्छ ।

    यहाँ यस्ता उत्कृष्ट फलफूलबारे जानकारी दिइएको छ जुन दैनिक रुपमा सेवन गर्दा तपाईंको छाला स्वस्थ र भित्रैदेखि चम्किलो हुन्छ ।

    सुन्तलाः
    सुन्तलामा भिटामिनन सीको प्रचुर मात्रा पाइने गर्छ । यसमा कोलाजेन पनि हुन्छ जसले छाला चाउरी पर्ने प्रक्रियालाई ढिलो बनाउँछ । धेरैलाई थाहा नहुन पनि सक्छ कि सुन्तलाको बोक्रामा मिटामिनको सीको अत्यधिक मात्रा हुन्छ जुन सौन्दर्य उत्पादनका मुख्य सामग्रीको रुपमा प्रयोग गरिन्छ ।

    सुन्तलाले ब्ल्याकहेड्स निकाल्नमा सहयोग गर्छन भने यसको जुसले छालाको टोनमा निखार ल्याउने गर्छ । छालालाई चम्किलो बनाउन चाहनुहुन्छ भने फलफूल र यसको जुस नियमित रुपमा सेवन गर्नुहोस् ।

    केराः
    केरा आइरन, म्याग्नेसियम, पोटासियम, भिटामिन बी–सिक्स, भिटामिन सी, जिंक र अन्य छालाका लागि आवश्यक तत्वले भरपुर हुन्छ । यसमा एमिनो एसिड पनि हुन्छ जसले छालालाई लचिलो बनाउँछ ।

    पोटासियमले छालालाई मुलायम बनाउने काम गर्छ भने जिंकले छालामा हुने ब्याक्टेरियाको संक्रमणबाट जोगाउने गर्छ । केराको बोक्रा छालाको लागि निक राम्रो हो । यसले चाउरीपन र डण्डीफोर हटाउने काम गर्छ ।

    अनारः
    यो पौष्टिक तत्वले भरिपूर्ण एक फल हो जसका भएको एन्टिअक्सिडेन्टले छालालाई जवान राख्न मद्दत गर्छ । अनार एउटा सुपरफूड हो जसले तन्तुको नवीकरणमा सहयोग गर्छ भने छालालाई चाउरी पर्नबाट जोगाउँछ । अनारमा पोनिफेनोल्स हुने भएकोले यसले रक्त सञ्चार बढाउने काम गर्छ ।

    यसले घामको किरणबाट छालालाई क्षती हुनबाट जोगाउँछ र छालालाई चम्किलो राख्न सहयोग गर्छ । अनारको दानामात्रै होइन, यसको बोक्रा पनि पौष्टिक तत्वले भरिएको हुन्छ ।

    स्याउः
    स्याउ अल्फा हाइड्रोक्सी एसिडको सबैभन्दा राम्रो स्रोत हो । यसले छालाको तन्तुको नवीकरण गरी छालालाई स्वस्थ र जवान राख्छ । स्याउमा भिटामिन सीको प्रचुर मात्रा पाइने भएकाले यसले स्याउलाई शक्तिशाली एन्टिअक्सिडेन्ट बनाउँछ जसले छालालाई लचिलो बनाएर चाउरीपनबाट जोगाउँछ ।

    स्याउमा पाइने भिटामिन ए ले छालालाई चम्किलो बनाउने काम गर्छ । साथै, स्याउमा पाइने अत्यधिक फाइबरले पेट सफा राख्ने काम गर्नुका साथै छालालाई डण्डीफोररहित बनाउँछ ।

    मेवाः
    मेवामा भिटामिन ए, बिटा क्यारोटिन र पपेन नामको महत्वपूर्ण एन्जायम पाइन्छ । पपेनले पाचन क्रियामा पनि सहयोग गर्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा पनि अत्यधिक पाइन्छ ।

    यसले छालालाई क्षती हुनबाट जोगाउँछ । मेवाको मास्कले छालामा चाउरी पर्नबाट जोगाउँछ त्यसैले मेवालाई सौन्दर्य प्रशाधन थुप्रै कम्पनीले साबुन, क्लिन्जर, फेसियल पिल र लोसनलगायतका विभिन्न उत्पादनमा समावेश गर्ने गर्छन् ।

    किवीः
    किवीमा भिटामिन ई र सीको अत्यधिक मात्रा पाइन्छ । सुन्दा अचम्म लाग्ला सय ग्राम किवीमा ९८ मिलिग्राम भिटामिन सी पाइन्छ । भिटामिन ई र सीले छालाको लचिलो पन निम्त्याइ क्षती हुनबाट जोगाउँछ ।

    किवीमा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छन् । यी एसिडले छालाको संक्रमणबाट जोगाउने गर्छ ।

    कागतीः
    कागतीलाई प्राकृतिक ब्लिचको रुपमा हेर्ने गरिन्छ किनभने यसले छालामा निखार ल्याउनुका साथै डण्डीफोर इत्यादिका दाग मेटाउन सहयोग गर्छ । यसले छालालाई चम्किलो बनाउनुका साथै गहिरो तरिकाले सफा गर्ने गर्छ तसर्थ छालामा अड्किएका फोहोर हट्ने गर्छ । कागतीमा भिटामिन सी पनि पाइने भएकोले यसको जुसले छालालाई सुन्दर राख्न मद्दत गर्छ । कागतीको भित्री भागलाई कुहिनोमा दल्नुहोस् । यसो गर्दा कुहिनोको कालो हट्ने गर्छ ।

    यी सात फलफूलबाहेक अन्य फलफूल जस्तै एभोकाडो, भुईंकटहर, स्ट्रबेरी, खरबुजा र आलुबखडाले पनि छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...