News Portal

  • १९२१ मा बनेको बीसीजी खोप कोभिड उपचारमा परीक्षण गरिँदै

    १०१९ पटक

    बीबीसी । बेलायतका वैज्ञानिकहरुले अहिले १९२१ मा बनेको बीसीजी खोपको परीक्षण गर्न सुरु गरेका छन् । यसले कोभिडबाट ज्यान बचाउन सक्छ सक्दैन भन्ने थाहा पाउनका लागि उनीहरुले अध्ययन थालेका हुन् । यो खोप त्यससमय टीबी रोगका लागि निर्माण गरिएको थियो तर यसले अन्य संक्रमणहरुबाट पनि जोगाउन सक्ने केही प्रमाणहरु भेटिएका छन् । र, यसको ट्रायलमा अहिले १ हजार भन्दा बढी मानिसहरु सहभागी हुने बताइएको छ ।

    प्रायः मानिसहरुले बाल्यकालमा नै यो खोप लगाइसकेका हुन सक्छन् तर यसबाट अहिले लाभ हासिल गर्न फेरि लगाउन आवश्यक रहेको बताइएको छ । खोपहरु प्रतिरोधात्मक प्रणालीलाई नै विशेष रुपमा लक्षित गर्ने किसिमले डिजाइन गरिएको हुन्छ जसले कुनै निश्चित संक्रमणविरुद्ध सुरक्षा दिन्छ । तर यही प्रक्रियाले प्रतिरोधात्मक प्रणालीमा अति तीव्र परिवर्तनहरु पनि ल्याउँछ । यसैकारण यो खोपले अन्य संक्रमणहरुप्रति इम्युन सिस्टमले दिने प्रतिक्रिया पनि वृद्धि गर्न सक्ने वैज्ञानिकहरुले आशा गरेका छन् । यसले कोभिडविरुद्ध हाम्रो शरीरलाई फाइदा गराउन सक्ने उनीहरुको भनाइ छ ।

    विगतका क्लिनिकल ट्रायलमा बीसीजी खोपले भर्खर जन्मिएका बालबालिकाहरुमा निमोनिया र सेप्सिसका कारण मृत्यु हुने दरलाई ३८ प्रतिशतले कम गराउने गरेको पत्ता लागेको थियो । यता दक्षिण अफ्रिकामा भने यो खोप नाक, घाँटी अनि फोक्सोसँग सम्बन्धित संक्रमण कम गर्न सँग सम्बन्धित रहेको बताइएको छ । नेदरल्यान्डमा गरिएको अनुसन्धानमा पनि बीसीजीले शरीरमा ‘यल्लो फिभर’ भाइरसको मात्रा न्युनीकरण गर्ने पत्ता लागेको थियो ।

    यसबारे युनिभर्सिटी अफ एक्सेटर मेडिकल स्कुलका प्रोफेसर जोन क्याम्पबेलले बीबीसीसँग भनेका छन्, “यो विश्वव्यापी रुपमै अत्यन्तै महत्वपूर्ण खोज हुन सक्छ । हाम्रो विचारमा यो खोपले कोभिडविरुद्ध नै विशेष रुपमा सुरक्षा दिलाउन नसके पनि वास्तविक खोप र अन्य उपचार नआउन्जेल अवस्य पनि केही फाइदा गराउने सम्भाव्यता बोकेको छ ।”

    बेलायतको ट्रायल भने अन्तर्राष्ट्रिय ब्रेस–स्टडीको हिस्सा हो जुन अष्ट्रेलिया, नेदरल्यान्ड, स्पेन, ब्राजिलमा पनि भइरहेको छ । यसका लागि कूल १० हजार स्वयमसेवक नियुक्त गरिएको छ । जुन स्वास्थ्यकर्मीहरुको स्वास्थ्यमा बढी केन्द्रित छ किनकि उनीहरु कोभिड भाइरससँग सबैभन्दा अगाडि रहेर लडिरहेका छन् । स्याम हिल्टन पनि एक्सटरबाट यस ट्रायलमा सहभागी एक डाक्टर हुन् जो कोभिड संक्रमित हुने उच्च जोखिममा पर्छन् ।

    बीबीसीसँगको कुराकानीमा उनले भनेका छन्, “बीसीजीले कोभिडबाट संक्रमित भए पनि धेरै बिरामी नपार्न मद्दत गर्छ भन्ने धेरै राम्रो थ्योरी छ । त्यसैले पनि म यसले केही हिसाबले मलाई सुरक्षित गराउन सक्छ भन्नेमा विश्वास गर्छु । किनकि विशेषगरी यो जाडोयाममा म काममा धेरै खटिनुपर्ने हुन्छ ।” यता विश्व स्वास्थ्य संगठनका डिरेक्टर जेनेरल डाक्टर टेड्रोसले पनि यो विषयमा यस्तो भनेका हुन्, “रोगमा आधारित खोप नआउन्जेल त्यसविरुद्ध केही स्तरमा सुरक्षा दिलाउन बीसीजी भ्याक्सिनसँग राम्रो सम्भाव्यता छ । ”

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...