News Portal

  • ‘म असफल भएँ’ भनेर रोए उत्तर कोरियाका नेता किम

    १११२ पटक

    एजेन्सी । पार्टी स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको सैन्य परेड कार्यक्रममा बोल्दाबोल्दै उत्तर कोरियाली नेता किम जोङ उन भावुक बनेका छन् । देशलाई समृद्ध बनाउने वचन पूरा गर्न आफू असफल भएको र देश एकदमै संघर्षपूर्ण अवस्थामा रहेको बताउँदै उनले आँसु झारेका हुन् । उत्तर कोरियाली प्रमुख, किम, त्यसरी सबैका सामु भावुक हुनुलाई अत्यन्तै दुर्लभ दृश्य मानिएको छ ।

    यसका साथै उनले सबै जनताहरुलाई तिनका त्याग र समर्पणका निम्ति धन्यवाद व्यक्त गर्दै आफ्नो असफलताका लागि सार्वजानिक रुपमा माफी पनि मागेका छन् । उनी यस किसिमले प्रस्तुत हुनुले किम अहिले कति ठूलो दबाबमा छन् भन्ने संकेत दिएको राजनीतिकविद्हरुले बताएका छन् ।

    चस्मा खोलेर आँसु पुछ्दै किमले भनेका छन्, “हाम्रा जनताले ममाथि आकाश जति उच्च र समुद्र भन्दा गहिरो विश्वास राखेका थिए तर मैले सबैलाई निराश बनाएँ । म त्यसका लागि माफी माँग्न चाहन्छु ।” हजुरबुवा र बुवा दुवैले देशको नेतृत्व जस्तो गम्भीर जिम्मेवारीका लागि आफूलाई विश्वास गरेको तर आफूले देशवासीका कठिनाइ र जीवनमा पर्याप्त सुधार ल्याउन नसकेको उनले दुःखी हुँदै बताएका हुन् ।

    सार्वजानिक गरिएको भिडियोमा किम रोएसँगै त्यहाँ उपस्थित सेना अनि सर्वसाधारणहरु पनि भावुक बनेको देख्न सकिन्छ । तर त्यहाँ कसैले पनि मास्क लगाएका छैनन् भने सामाजिक दुरी कायम गरिएको पनि देखिएको छैन । प्योङयोङले अहिलेसम्म कोरोना संक्रमित भएका एकजनाबारे पनि खबर गरेको छैन ।

    राजधानी प्योङयोङमा आयोजित सो समारोहमा उत्तर कोरियाले नयाँ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल पनि प्रदर्शन गरेको थियो । पछिल्ला केही महिना कोरोना महामारीका कारण सबै सिमाना बन्द हुँदा उत्तर कोरियाल चीनसँग कुनै आर्थिक कारोबार गर्न पाएन जसले देशको अर्थतन्त्रमा धेरै ठूलो प्रभाव पारेको बताइएको छ ।

    वर्षौंदेखि जारी विश्वव्यापी आर्थिक प्रतिबन्ध अनि विनाशकारी प्राकृतिक प्रकोपहरुले उत्तर कोरियलीहरुको जनजीवन झन कष्टकर बनाइदिएको छ । त्यसैले पनि किमले त्यस किसिमको समारोहमा भावुक भइ आँसु झार्नुले देशको नेतृत्व सम्बन्धी उनी वास्तवमै अहिले धेरै ठूलो दबाबमा रहेको स्पष्ट देखिने कोरियन एकिकृत संगठनका निर्देशक हङ मिन बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...