News Portal

  • शिरछेदन गरेर हत्या गरिएका शिक्षकको समर्थनमा फ्रान्सभरि जुलुस

    भक्तपुरपोस्ट संवाददाता३ कार्तिक २०७७
    ६५५ पटक
    ३ कार्तिक २०७७

    एकजना इस्लामिक अतिवादीबाट मारिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरि हजारौँ मानिसहरू जुलुसहरूमा सहभागी भएका छन्। आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार एकजना चेचेन युवाले पटीको शिरछेद गरेर हत्या गरेका थिए। प्यारिसमा मानिसहरूले फ्रेन्स भाषामा ‘म शिक्षक हुँ’ लेखिएका प्लेकार्ड बोकेका थिए। प्रधानमन्त्री जँ क्यास्टेस्कसँग उनीहरूले ‘हामी फ्रान्स हौँ’ भनेर चिच्याए।

    घटनाक्रम

    प्यारिस नजिक रहेको स्कूलछेवैमा स्यामुअल पटीको हत्या गरिएको थियो । त्यसलगत्तै अब्दुल्लख ए नाम गरेका ती व्यक्तिको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो। उक्त घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ११औँ व्यक्ति पक्राउ परे पनि त्यसबारे कुनै जानकारी दिइएको छैन। घटनालगत्तै पक्राउ पर्नेमा ती सन्दिग्ध व्यक्तिका चारजना नजिकका आफन्तसमेत छन्।

    शनिवार थप पक्राउ गरिएकामा एकजना विद्यार्थीका पिता र फ्रेन्च मिडियाले अतिवादी इस्लामवादी भनेर चिनाएका एकजना धर्मप्रचारकसमेत छन्।

    प्रतिक्रिया

    राष्ट्रपति एमान्यूअल माँक्रोले उक्त हमलाले सबै ‘इस्लामिक आतङ्कवादी हमला’को सीमाना पार गरेको र ‘अभिव्यक्ति स्वतन्त्रता पढाएकै कारण ती शिक्षक मारिएको’ बताएका छन्। फ्रेन्च प्रधानमन्त्री जँ क्यास्टेक्सले देशभर ठूला जुलुसमा सहभागी मानिसहरूलाई उनकै शब्दमा ‘फ्रान्स नडराएको’ र ‘आफूहरूलाई विभाजित पार्न नदिने’ बताएका छन्।

    अर्थमन्त्री ब्रुनो ले-मेरले केही इस्लामिक सङ्गठनहरूमा रकम आदानप्रदान हुने व्यवस्थामा थप नियन्त्रण गर्न आफूले अब प्रस्ताव गर्ने बताएका छन्। एउटा प्लेकार्डमा लेखिएको छ: “उनीहरूले गणतन्त्रको शिर छेद गर्न सक्ने छैनन्। ”

    एउटा प्लेकार्डमा लेखिएको छ: “उनीहरूले गणतन्त्रको शिर छेद गर्न सक्ने छैनन्। ” त्रस्त मानिसहरू देशको धर्मनिरपेक्ष मान्यताको समर्थनमा विभिन्न शहरमा भेला भएका छन्।

    उक्त हत्या त्यस्तोबेला भएको छ, जतिखेर सन् २०१५ मा एउटा व्यङ्ग्य पत्रिका शार्ली एब्डोमा पैगम्बर मोहमदको कार्टुन छापिएको भन्दै भएको एउटा हमलाका आक्रमणकारीमाथिको अदालती सुनुवाइ भइरहेको छ।

    शुक्रवार के भएको थियो ?

    प्रतिआतङ्कवाद अभियोजनर्ताहरूका अनुसार सन्दिग्ध ती हमलाकारी घटनास्थलबाट झण्डै १०० किलोमिटरमा बस्थे।शुक्रवार मध्याह्न उनी पटीले पढाउने स्कूल पुगेर विद्यार्थीहरूलाई ती शिक्षक चिनाउन आग्रह गरे।मस्कोमा जन्मिएका चेचेन मूलका १८ वर्षीय अब्दुल्लख ए को ती शिक्षक र विद्यालयसँग कुनै सम्बन्ध थाहा भएको छैन।उनले ती शिक्षक पटी घर जाने बेलामा पछ्याएका थिए। उनले छुरीले पटीको टाउकोमा प्रहार गरी उनको शिरछेद गरेका थिए।

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष...

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...